२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचेल स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउने !



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले २०२४ को टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । बिहिबार बिहान बार्बाडोसको केन्सिङ्टन ओभलमा भएको खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले हराएको हो । तर यो जितको खुसीसँगै तिब्र गतिका बलर मिचेल स्टार्कको चोटले अष्ट्रेलियाको क्याम्पको समस्या पनि बढाएको छ ।

स्टार्क खेलको क्रममा घाइते भएका थिए। खेलको बिचमा क्रयाम्प आएको स्टार्कले इंग्ल्याण्डविरुद्धको खेल गुमाउनेमा आशंका गरिएको छ ।

स्टार्कले ३ ओभरमा २० रन दिएर २ विकेट लिएका थिए । स्टार्कले इनिङ्सको पहिलो ओभरमै विकेट लिएका थिए । उनी १५ औं ओभरमा आफ्नो स्पेलको अन्तिम ओभर बल गर्न आएका थिए । पहिलो बल वाइड फ्याकेपछि उनी असहज देखिए ।

उनलाई क्रयाम्प भएपछि मैदानमा फिजियो पनि बोलाईएको थियो । तर उनी खेल्ने स्थितीमा नरहेपछि मैदानबाट बाहिरिए। उनको स्थानमा ग्लेन म्याक्सवेललाई १५ औं ओभर बलिङ गर्न दिईएको थियो ।

खेल पछि, कप्तान  मार्सले स्टार्कको बारेमा बोल्दै भने, ‘स्टार्सीलाई क्र्याम्प भएको थियो त्यसैले उनी बाहिर जान चाहन्थे। र उनी बाहिर गए । हामी इङ्ल्यान्डविरुद्ध खेल्न उत्साहित छौं।’

खेलमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा १६४-५ रन जोडेको थियो । टोलीका लागि मार्कस स्टोइनिसले ३६ बलमा २ चौका र ६ छक्कासहित ६७ रन बनाए ।

जवाफमा लक्ष्य पछ्याएको ओमानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनायो । यस अवधिमा अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३ विकेट लिए । उत्कृष्ट अलराउन्ड प्रदर्शनका लागि स्टोइनिसलाई ‘प्लेयर अफ द म्याच’को उपाधि दिइएको थियो ।