२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

जाडो महिनामा यी ५ तरकारी स्वास्थ्यका लागि लाभदायी हुन्छ, कुन-कुन हुन् जान्नुहोस्

जाडो महिनामा यी ५ तरकारी स्वास्थ्यका लागि लाभदायी हुन्छ, कुन-कुन हुन् जान्नुहोस्
अ अ+ अ-

बाँसको तामा: जाडोमा तामाको सुप स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसको तरकारी, अचारसँगै सुप पनि बनाएर खान सकिन्छ । बाँसको तामाका परिकार खाँदा उच्च रक्तचाप, मुटुरोग, कोलेस्ट्रोल बढ्नेजस्ता रोग नियन्त्रण गर्न मद्दत गर्छ । बाँसको तामामा कार्बोहाइड्रेट र फलामको मात्रा कम हुने भएकाले मधुमेह र मोटोपनका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

च्याउ: च्याउ सेलेनियमको राम्रो स्रोत हो । यसले स्नायु प्रणालीलाई बलियो बनाएर शरीरमा रक्तचाप बढ्न दिँदैन र रगतसम्बन्धी क्यान्सर हुनबाट रोक्छ । चिसो मौसममा विशेषगरी च्याउको सुप बनाएर खान सकिन्छ ।यसमा प्रशस्त मात्रामा पाइने खनिज पदार्थले चिसोका कारण हुने मांसपेशी दुखाइ नियन्त्रण गर्छ । तसर्थ, च्याउ बाथका रोगीका लागि फाइदाजनक हुन्छ । त्यस्तै, यसले रगतमा सेतो रक्तकोषिका निर्माण गरी प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

रायो: रायो हिउँदमा सजिलै उपलब्ध हुने स्वादिष्ट तरकारी हो । यो जाडो मौसमका लागि स्वास्थ्यका दृष्टिकोणले समेत एकदमै लाभदायी मानिन्छ । रायोको सागमा पाइने भिटामिन एले चिसोयाममा बढी देखिने बाथ, कफजस्ता रोग नियन्त्रण गर्छ । बाथका रोगीका लागि हुने हड्डी दुख्ने समस्याबाट राहत मिल्छ । रायो भिटामिन सीको पनि राम्रो स्रोत भएकाले यो नियमित खाँदा रुघाखोकी लाग्दैन ।

मेथीको साग: मेथीको दाना स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । तर, दाना मात्र नभएर मेथीको साग पनि उत्तिकै उपयोगी छ । मेथीको साग खाएमा चिसो मौसममा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मेथीको सागमा पाइने एमिनो एसिडले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ । त्यस्तै, यो नियमित खाँदा रक्तचापसमेत नियन्त्रण गर्छ । त्यसैगरी, मेथीको सागमा पाइने गेलोप्टोमाइनन् नामक तत्वले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रोलको मात्रा पनि नियन्त्रण गर्छ ।

गोलभेँडा: गोलभेँडा स्वादमा मात्र नभई स्वास्थ्यका लागिसमेत उत्तिकै प्रभावकारी चिज हो । सबैजसो मौसममा उपलब्ध हुने गोलभेँडा जाडोका लागि पनि उत्तिकै फाइदाजनक छ । यसमा भिटामिन ए र सी प्रचुर मात्रामा पाइन्छ । जसले जाडोमा देखिने श्वासप्रश्वाससम्बन्धी रोग, छाला सुक्खा हुनेजस्ता समस्या नियन्त्रण गर्छ । गोलभेँडामा पाइने ल्याइकोपिनले हाम्रो शरीरमा भएको अनावश्यक फ्याट (बोसो) कम गर्छ ।