• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

नरेन्द्र मोदीले ८ जुनमा शपथ लिने, प्रधानमन्त्री प्रचण्डसहित छिमेकी देशका नेताहरूलाई निमन्त्रणा



फाईल फोटो

एजेन्सी। भारतको लोकसभा चुनावमा एनडीएको जितपछि भाजपाका नेता नरेन्द्र मोदीले लगातार तेस्रो पटक प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने भएका छन् । उनले जुन ८ मा प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्ने बताईएको छ ।

शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी भइरहेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार समारोहका लागि भारतले नेपालका प्रधानमन्त्रीसहित छिमेकी देशका नेताहरूलाई पनि निमन्त्रणा गर्ने बताएको छ ।

शपथ ग्रहण समारोहको लागि नेपालका प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्डसहित श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिसस र भुटानका नेताहरुलाई आमन्त्रण गरिने बताईएको छ ।

श्रीलंकाका राष्ट्रपति विक्रमासिङ्घेले बुधबार फोन गरेर प्रधानमन्त्री मोदीलाई चुनाव जितेकोमा बधाई दिएका थिए। यस कलको क्रममा मोदीले उनलाई सपथ ग्रहण समारोहमा उपस्थित हुन निम्तो दिएका बताईएको छ ।

सोही क्रममा मोदीले नेपालका प्रधानमन्त्री प्रचण्डसँग पनि फोनमा कुराकानी गरेका थिए । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गर्ने निश्चित भएको पीटीआईले जनाएको छ ।

यसअघि सन् २०१४ मा आफ्नो पहिलो सपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीले सार्क राष्ट्रका नेताहरुलाई निम्तो दिएका थिए । समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफ, अफगान राष्ट्रपति हमिद कारजाई र श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे सहभागी भएका थिए ।

यसपछि प्रधानमन्त्री मोदीले आफ्नो दोस्रो कार्यकालका लागि २०१९ मा भएको सपथ ग्रहण समारोहमा बिमस्टेक देशका नेताहरूलाई निम्तो गरेका थिए । समारोहमा किर्गिस्तान, श्रीलंका, मौरिसस, नेपाल, भुटान, बंगलादेश र म्यानमारका नेताहरुको सहभागिता रहेको थियो ।