११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाद्वारा आफ्ना नागरिकलाई भारत भ्रमण नगर्न चेतावनी



अ+ अ-

वासिङ्टन । अमेरिकाको जो बाइडेन प्रशासनले कोरोना, बलात्कार र जम्मु कश्मीरमा बढ्दो आतङ्कवादलाई ध्यानमा राख्दै आफ्ना नागरिकहरूलाई भारतको कुनै पनि प्रकारको यात्रामा पुनर्विचार गर्न चेतावनी दिएको छ।

यो ट्राभल एडभाइजरी यस्तो समयमा आएको हो जतिबेला यूएस सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना केसलाई ध्यानमा राख्दै लेभल–३ यात्रा र स्वास्थ्य सूचना जारी गरेको हो।

बाइडेन प्रशासनले बलात्कारको मामिला भारतमा सबैभन्दा छिटो बढ्दो अपराध भएको बताएको छ।

अमेरिकाले आफ्नो ट्राभल एडभाइजरीमा भनेको छ, “अमेरिकी नागरिकहरूले आतङ्कवाद र नागरिक अशान्तिलाई ध्यानमा राख्दै जम्मू कश्मीर राज्य (पूर्वी लद्दाख क्षेत्र र यसको राजधानी लेह बाहेक यात्रा गर्नु हुँदैन। सशस्त्र द्वन्द्वको सम्भावना रहेकाले भारत–पाकिस्तान सीमाको १० किलोमिटरको दायराभित्र नजानुहोस् ।”

ट्राभल एडभाइजरीमा भनिएको छ, “भारतीय अधिकारीहरूले भारतमा बलात्कार सबैभन्दा छिटो बढ्दो अपराधमध्ये एक हो भनेका छन्,  यौन दुर्व्यवहार जस्ता हिंसात्मक अपराध पर्यटन र अन्य ठाउँहरूमा भएका छन्।”

भारत–पाकिस्तानलाई ट्राभल एडभाइजरी लेभल ३ मा 

भारतलाई लेभल ३ ट्राभल एडभाइजरीमा राख्दै अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकहरूलाई कोरोनालाई ध्यानमा राख्दै आफ्नो यात्रामा पुनर्विचार गर्न सल्लाह दिएको छ ।

विदेश मन्त्रालयले भन्यो, “यदि तपाइँ एफडीएद्वारा अनुमोदित भ्याक्सिनबाट पूर्णरूपमा खोप लगाउनुभयो भने तपाइँको कोभिड–१९ बाट सङ्क्रमित हुने र गम्भीर लक्षणहरू देखा पर्ने जोखिम कम गर्न सकिन्छ। कुनै पनि अन्तर्राष्ट्रिय यात्राको योजना बनाउनुअघि कृपया खोप लगाइएका र खोप नगरिएका यात्रुहरूका लागि सीडीसीको विशेष सिफारिसहरू विचार गर्नुहोस्।”

अमेरिकाले पाकिस्तानलाई पनि ट्राभल एडभाइजरी लेभल ३ मा राखेको छ । अमेरिकाले पाकिस्तानमा आतङ्कवाद र पृथकतावादी हिंसा बढिरहेको बताएको छ । यति मात्र होइन पाकिस्तानका केही क्षेत्रमा खतरा निकै बढेको छ । 

तर पाकिस्तानलाई अमेरिकी सीडीसीले कोरोनाको सन्दर्भमा लेभल १ को श्रेणीमा राखेको छ । अमेरिकाले आफ्ना नागरिकहरूलाई बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा यात्रा नगर्न आग्रह गरेको छ। यी क्षेत्रमा आतङ्कवाद र अपहरणका घटना भइरहेका छन् ।

हालांकि कोरोना को लेकर पाकिस्‍तान को अभी अमेरिका के सीडीसी ने लेवल ज्ञ की श्रेणी में ही रखा है। अमेरिका ने अपने नागरिकों से कहा है कि वे बलूचिस्‍तान और खैबर पख्‍तूनख्‍वा प्रांत की यात्रा न करें। इन इलाकों में आतंकवाद और अपहरण की घटनाएं हो रही हैं। एजेन्सी