११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल

तीन तहका सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल
अ अ+ अ-

देउखुरी । तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ । नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन् । साँझ ६:००देखि उनीहरू ध्यानमा बसेका हुन् । घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय ९गुरुकुल०का विद्यार्थीको दैनिकी यस्तै छ । यो नदीको बहाव उत्तरतिर भएकाले यस नदीको नाम उत्तरबाहिनी नामकरण गरिएको छ । जहाँ–जहाँ उत्तरतिर नदी बगेका छन् ती सबै पितृका दिशा भएकाले धार्मिक रूपमा पवित्र मानिन्छन् ।

उपमहानगरपालिकाको वडा नं ७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय योगी नरहरिनाथको सक्रियतामा क्षमकान्त धितालको परिवारले २०२२ सालमा २६ बिघा चार कट्ठा एक धुर जग्गा दान दिएर स्थापना गरेको गुरुकुल हो । करिब २३ वर्ष संस्कृत पढाइ भएको उक्त विद्यालयमा २०४५ सालमा बन्द भयो । हाल सोही विद्यालय गुरुकुल बनेको छ । गत वर्षदेखि संस्कृत पढाइ सुरु भएको विद्यालयका प्रबन्धक प्रकाश भट्टराईले बताउनुभयो । गोरक्ष रत्ननाथ पात्रदेव चौघेरामा अध्ययन गरिरहेका विद्यार्थीहरू २०८० साल जेठ २० गते उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी संस्कृत विद्यालय ९गुरुकुल०मा स्थानान्तरण भएका छन् ।

घोराही उपमहानगरपालिकाको पहलमा नमूना संस्कृत विद्यालय बनाउने योजनासहित २०८० सालको शैक्षिकसत्रदेखि पुन: सञ्चालनमा आएको गरुकुलका प्रबन्धक भट्टराईले बताउनुभयो । गुरुकुलमा अहिले दाङ, प्युठान, बाँके, बर्दिया र भारतबाट आएकासमेत गरी ३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको स्वामित्वमा १५ बिघा जमिन छ । यसलाई नमूना संस्कृत विद्यालय ९गुरुकुल०का रूपमा विकास गर्ने प्रयास भएको छ ।

यहाँ सातदेखि १७ वर्ष सम्मका वटुक छन् । उनीहरूको दैनिकी बिहान ४:३० बजेदेखि सुरु हुन्छ । बिहान नुहाइधुवाइसँगै नित्यकर्म गर्छन् । वैदिक फाउण्डेसनको सहयोगमा बिहान ६।३० देखि ८:४० बजेसम्म रुद्री पढ्छन् । मन्त्रोच्चारणपछि उनीहरू खाना खान्छन् र विद्यालय पोशाक लगाएर पढ्न जान्छन् ।

विद्यालयका अन्य विद्यार्थीले दिवाखाजा खाँदा उनीहरू पनि गुरुकुलमा खाजाका लागि आउँछन् । अन्य विद्यार्थीसँग लेखपढ गरेपछि उनीहरुको खाना, बसाइ हरेक गतिविधि गुरुकुलको नियमानुसार हुने गरेको प्रबन्धक भट्टराईले बताउनुभयो । विद्यालय समयपछि ५ बजेसम्म खेल्छन् । बेलुका ६ बजे खाना खाने घण्टी लाग्छ । खानापछि ध्यान गर्ने र सन्ध्याको तयारी गरी आरती गर्ने र भजनकीर्तनमा रमाउने गर्दछन् । उनीहरू ँ मादल, हार्मोनियम बजाएर भजन गाउने, नाच्ने र रमाइलो पनि गर्छन् । उनीहरुको दैनिकी एकै किसिमकोे छ । उनीहरू संस्कृत भाषा, व्याकरण, कर्मकाण्ड र वेदसँगै अङ्ग्रेजी, नेपाली र गणित पढ्छन् ।

गुरुकुलमा कक्षा ६ देखि औपचपारिक अध्यापन हुुने भए पनि कक्षा ४ का विद्यार्थीलाई पनि राख्ने गरेको उहाँले बताउनुभयो । कक्षा ६ मा आठ, कक्षा ७ मा १०, कक्षा ८ मा पाँच, कक्षा ९ मा सातजना विद्यार्थी छन् । उहाँका अनुसार गुरुकुललाई विकास गर्दै उत्तर मध्यमासम्म पढाइ हुनेगरी विकास गर्ने उद्देश्य रहेको छ । जिल्लामा गुरुकुल नहुँदा पहिले यो शिक्षा लिनका लागि बालबालिकालाई स्वर्गद्वारी, देवघाटलगायत भारतको हरिद्वार र बनारससम्म जानुपर्ने बाध्यता थियो । गुरुकुल स्थापनासँगै बाहिर जानुपर्ने बाध्यता हटेको छ ।

ज्ञान र ध्यान केन्द्र बनाइने

राष्ट्रियता, मानवता, धर्म, संस्कार र आर्य संस्कृतिको संरक्षण तथा संस्कृत शिक्षाको आवश्यकतालाई मध्यनजर गरी संस्कृत ज्ञानविज्ञानको प्रचारप्रसार गर्ने उद्देश्यले दाङको शुक्रबारको विद्यालयलाई जीवित राख्न खोजिएको प्रबन्धक भट्टराईले बताउनुभयो । धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने सोच भएकाले सहयोगी हातहरूको आवश्यकता रहेको प्रबन्धक भट्टराईले बताउनुभयो ।

दिनप्रतिदिन सहरीकरण बढ्दै गइरहेको छ । मानिस होहल्लाबाट शान्त चाहन्छ, त्यसका लागि आश्रम बनाउन सकेमा पर्यापर्यटकीय क्षेत्रको रूपमा विस्तार गर्न सकिने उहाँले बताउनुभयो । ज्ञान केन्द्र र ध्यान केन्द्र बनाउनका लागि गुरुयोजनाअनुसार काम गर्ने दानदाताको खोजीमा रहेको उहाँले बताउनुभयो । जिल्लाभित्र र बाहिरका भक्तजनले दिवङ्गत आफन्तको नाममा दान गर्ने र तिथिमा वटुकलाई भोजन गराउने गरेका छन् । दाताले गरेको दानबाट बचेको रकमको परिचालन वटुकहरूको खानपानको व्यवस्था हुने गरेको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो । दिगो व्यवस्थापन नभएका कारण दाताको दानले मात्रै गुरुकुल सञ्चालन गर्न कठिन हुने उहाँ बताउनुहुन्छ । तीनवटै तहका सरकारको सहयोग भएमा गुरुकुल सञ्चालन निर्वाध हुने उहाँको विश्वास छ ।रासस