२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३ वर्षअघि ‘पञ्चायत ३’ का ‘प्रह्लाद चा’ले धर्मको मान्यता तोड्दै विवाह गरेका थिए



अ+ अ-

एजेन्सी । ‘पञ्चायत’ सिरिजको हरेक पात्रले मानिसको मनमा यस्तो प्रभाव पारेको छ कि उक्त पात्र उनीहरुको मनपर्ने बनेको छ । चाहे त्यो सचिव होस् वा मञ्जुदेवी वा प्रधान जी । तर यी सबै बाहेक एउटा पात्र यस्तो छ जसले मानिसको आँखामा आँसु ल्याएको छ ।

यो पात्र अरु कोहि होइन प्रल्हाद चा हो । फैसल मलिकले ‘पञ्चायत ३’ मा प्रह्लाद चाचाको भूमिका निभाएका छन् । यो सिरिजको तेस्रो सिजनमा कहिले फैसलले मानिसहरुलाई रुवाएका थिए भने कहिले एक्क्शन गर्दै देखिएका थिए ।

तर के तपाईलाई थाहा छ फैसलले प्रेम विवाह गरेका छन् र उनकी श्रीमती फरक धर्मकी हुन् ।

‘पञ्चायत सिजन ३’ का प्रह्लाद चा प्रयागराजका बासिन्दा हुन् । लखनउबाट बीकम गरेपछि प्रह्लाद बुबाको सल्लाहमा एमबीए गर्न मुम्बई गए । जागिर र घर नभई पढ्न गाह्रो हुन थाल्यो । त्यसैले जीविकोपार्जनका लागि टेप लगाउने काम गर्न थाले ।

त्यसपछि कसैले उनलाई अभिनयमा धेरै पैसा छ भनी सल्लाह दिए । त्यसपछि उनले फिल्मोग्राफीको कोर्स गरे । धेरै वर्षको संघर्षपछि उनले अनुराग कश्यपको फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’ मा प्रहरीको भूमिका निर्वाह गरे र चर्चा पाए ।

धेरै फिल्ममा काम गरेपछि प्रह्लाद चाले ‘हमारी फिल्म कम्पनी’ नामको प्रोडक्सन हाउस खोलेका थिए । उनको ब्यानरमा धेरै फिल्म बनेका छन् । जसमा कंगना रनावतका फिल्म ‘रिभल्वर रानी’, ‘मै और चार्ल्स’ र ‘सात उच्चके’ छन् ।

‘पञ्चायत’ मा देखिएका प्रह्लाद चा सिरिजमा निकै गम्भीर देखिएका छन् । तर वास्तविक जीवनमा उनी खुसी व्यक्ति हुन् । उनकी श्रीमती कुमुद शाही हिन्दू हुन् । दुबैको भेट एउटा च्यानलमा काम गर्ने क्रममा भएको थियो । त्यसपछि दुवैले धेरै वर्ष एक अर्कालाई डेट गरे र २०११ मा विवाह गरे । अभिनय बाहेक, फैसलले आफ्नी श्रीमती कुमुदसँग मिलेर विभिन्न ओटीटी प्लेटफर्मका लागि सामग्री सिर्जना गर्छन् ।




भर्खरै