६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन



अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले प्रसूति तथा स्त्री रोग अस्पतालको कुपण्डोलस्थित नयाँ भवन यथाशीघ्र सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले आज स्वास्थ्य मन्त्रालयका पदाधिकारीको टोलीसहित प्रसूति गृहको अनुगमन गर्दै नयाँ भवन पूर्णरुपमा सञ्चालन गर्न, शौचालयको राम्रो व्यवस्थापन गर्न, आउटरिच क्लिनिकको सेवा बढाउने लगायत निर्देशन दिँदै मन्त्रालयको तर्फबाट सहयोगको प्रतिबद्धता गर्नुभयो । उहाँले बच्चाहरुको शल्यक्रियाका लागि कान्ति बाल अस्पतालसँग शय्याका लागि समन्वय गर्न पहल गर्ने समेत उल्लेख गर्नुभयो ।

प्रसूतिगृहको सो भवन गत फागुन २ गते उद्घाटन भइसकेको छ । पाँच तल्ले भवनमा ओपिडी सेवा, सुरक्षित गर्भपतन सेवा पाठेघरको क्यान्सरको जाँच, पिसाव चुहिने समस्या, टेष्टट्युव बेबीलगायतका सेवा प्रवाह हुनेछ ।

सो अवसरमा मन्त्री यादवले पोस्ट न्याटल वार्ड, स्पेसल बेबी केयर युनिट, नवजात शिशु कक्ष, एनआइसियु, ह्युमन मिल्क बैँक कक्षहरु अनुगमन गर्नुभएको थियो । भवन निर्माणको पैसा भुक्तानी नहुँदा सञ्चालनमा आउन नसकेको अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भवन छिट्टै सञ्चालनमा आउनेछ । अस्पतालमा पार्किङ र जनशक्तिको अभाव छ । एनआइसियुको बेडको स्तरोन्नति गराउनुपर्ने छ ।”

मन्त्रीसमक्ष नर्स इन्दिरा ढुङ्गेलले नर्सिङ जनशक्तिको अभाव भएका कारण दुई जना नर्सले ५२ जना आमाको हेरचाह गर्नुपरेको बताउँदै दरबन्दी बढाउन माग गर्नुभयो । सो अस्पतालको ओपिडिमा दैनिक आठ सयदेखि एक हजारसम्मले सेवा लिने गरेका छन् । रासस