१ असार २०८३, सोमबार
,
Latest
एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह शिक्षक सरुवासम्बन्धी नयाँ निर्देशन जारी, पदपूर्ति र बढुवा प्रक्रियामा कडाइ खर्च कटौतीका एक दर्जन प्रस्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न अपि हिमालको काखमा क्रिकेटः ‘खेलबाट खुल्दै पर्यटनको नयाँ ढोका’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविना टण्डनमाथि एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री रविना टण्डन र उनका चालकमाथि मदिराको नशामा एक वृद्ध महिलालाई कुटपिट गरेको आरोप लागेको छ । घटना शनिबार राति भएको पीडितका छोराले दाबी गरेका छन् ।

मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको कारले उनकी आमालाई ठक्कर दिएको थियो ।

‘यसपछि रविनाका चालक कारबाट बाहिर आए र मेरी आमा र परिवारका अन्य सदस्यहरूसँग झगडा गर्न थाले । उसले झडप सुरु गर्यो । यसपछि रविना पनि कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालिन् ।’ उनले भने ।

सार्वजनिक भएको एक भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको देखिन्छ । मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन् । यसैबीच पीडित महिलाकी छोरीले रविनालाई भनिन्, ‘तिमीले रातभर जेलमा बिताउनुपर्छ । मेरो नाकबाट रगत बगिरहेको छ ।’

पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाहीमा कडाइ नगरेको उनको भनाइ छ । घाइते महिलाको उमेर ७० वर्ष रहेको बताइएको छ ।




भर्खरै