१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने



file photo: rss
अ+ अ-

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यसलगत्तै बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ ।

यता राष्ट्रियसभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री पुनले आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत् गर्ने र त्यसपछि सामान्य छलफल प्रारम्भ हुनेछ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची छ ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ’मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची छ । यसैगरी विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ’सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय गरिएको छ ।