• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल ★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर)

सिभिल सहकारीको सम्पत्ति हड्प्न सिभिल मलका मालिक लालकाजी र मिनाले मुद्दा हालेको पीडित बचतकर्ताहरुको आरोप



काठमाडौं । सिभिल सहकारीबाट पीडित बचतकर्ताहरुले ऋण लिएका व्यक्ति र संस्थाहरुबाट उठाएर आफूहरुको बचत फिर्ता गरिनुपर्ने बताएका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो बताएका हुन् । सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ र पूर्वअध्यक्ष इच्छाराज तामाङ अहिले थुनामा छन् । थुनामा रहेका तामाङ सिभिल सहकारीका ऋणीसमेत हुन् ।

बचतकर्ताहरुका अनुसार सुनधारास्थित सिभिल मलमा सिभिल सहकारीको ५० प्रतिशत शेयर छ । उक्त मलको बाँकी ५० प्रतिशत शेयर लालकाजी गुरुङ र उनकी श्रीमती मिनाको नाम छ । आधा लगानी सहकारीको भएपनि अहिलेसम्म मलको आम्दानी सहकारीलाई नदिइएका उनीहरुले बताए । सहकारीलाई मलको आम्दानी दिने हो भने साना बचतकर्ताको रकम फिर्ता गर्न समस्या नहुने बचतकर्ताहरुको भनाइ छ ।

कम्पनी रजिष्टार कार्यालयको डकुमेन्टमा उक्त मलको १७ लाख कित्ता शेयर सिभिल सहकारीको नाममा र १७ लाख कित्ता लालकाजी र मिनाको नाममा रहेको उनीहरुले बताए । अहिलेसम्म सिभिल मलले आम्दानी सहकारीलाई दिएको छैन । बचतकर्ताहरुका अनुसार मल बनाउँदा उल्टै मिनाले शेयर धितो राखेर ऋण लिएकी थिईन् । उनले लिएको ऋणको साँवा, व्याज २०७८ सालमै ५६ करोड पुगिसकेको थिए । लालकाजीले मिनाको नाममा लिएको ऋण पनि नतिरेको र अहिले आएर मलमा सहकारीको शेयर नरहेको भनी मुद्दा दायर गरेको उनीहरुले बताए ।

‘लालकाजी र मिनाले अहिले सिभिल मलमा सिभिल सहकारीको शेयर छैन । ऋण पनि लिएको छैन भनेर मुद्दा हालेका छन् । कम्पनी रजिस्टारको कार्यालयको डकुमेन्टमा भने १७ लाख सिभिल सहकारी र १७ लाख कित्ता लालकाजी र मिनाको नाममा छ । उनले कुनै कारणले मुद्दा जितेको खण्डमा हाम्रो बचत झनै जोखिममा पर्नेभयो,’– एक बचतकर्ताले भने ।

सिभिल सहकारीले सिभिल मलमा गरेको लगानी र मिनाले लिएको ऋण उठाउँदा मात्रै पनि अहिले ५ अर्ब रुपैयाँ सहकारीमा आउने उनीहरुको आँकलन छ । उनीहरुले सो पैसा फिर्ता गराउन सकेको खण्डमा धेरै पीडितले न्याय पाउने बताए ।

पीडित बचतकर्ताहरुले सिभिल मलमा सहकारीले गरेको लगानी फिर्ता गराउनुपर्ने, मलकी शेयर धनी मिनाले लिएको ऋणी तिराउनुपर्ने र मलको आम्दानी पनि सहकारीलाई दिनुपर्ने माग राखेका छन् । पीडित बचतकर्ताका अनुसार अहिले मलबाट महिनाको दुई करोडभन्दा बढी भाडा उठ्छ ।