११ माघ २०८१, शुक्रबार
,
Latest
कुवामा डुबेर वृद्धाको मृत्यु “अध्यादेशले आर्थिक अधिकारको बाटो खोलेको छ संस्थागत गर्न सबै एकजुट हौँ”– अध्यक्ष केसी ३ अर्ब ४० करोड लगानीमा नोबेलले ल्यायो अत्याधुनिक उपकरणसहितको क्यान्सर उपचार सेवा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण नभएपछि जनप्रतिनिधि र स्थानीय आक्रोशित स्याङ्जामा दुई हजार चार सय रोपनीमा आलुखेती सांसद सुमना श्रेष्ठ वीरगन्ज–काठमाडौं यात्रामा, भन्छिन्– के यो देश कहिले पनि नबनाउने हो ? सिद्धबाबा सुरुङमार्गको आज प्रधानमन्त्रीले ब्रेक थ्रू गर्दै अर्थतन्त्रमा केही सूधारका संकेत: घटेको ब्याजदरले गर्दा व्यवसाय जगतमा राहत प्रेस चौतारी नेपाल डडेल्धुराकाे अध्यक्षमा लक्ष्मीकुमारी ऐर प्रेस चौतारी नेपाल सोलुखुम्बुको अध्यक्षमा गार्डेन राई सर्वसम्मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अण्डा र बच्चा एकसाथ जन्माउने क्षमता भएको तीन खुट्टे अचम्मको छेपारो भेटियो



अ+ अ-

एजेन्सी । विश्वमा धेरै अनौठा जीवहरु पाइन्छ । विश्वमा यस्ता जीवहरु पनि छन् जुन हामिलाई थाहा पनि छैन । कहिलेकाही नसोचेका जीवहरु एक्कासी देखिने गर्छन् । यस्तै  छेपारोको एक नयाँ प्रजाति फेला परेको छ । वैज्ञानिकहरुले सर्प जस्तै देखिने एक अनौठो छेपारो फेला पारेका हुन् ।

यस्तो प्रजातिको छपारो जसले एकसाथ बच्चा जन्माउने र फुल पार्ने गर्छ । साइफोस इक्वालिस नामले चिनिएको यो छेपारोले अण्डा दिने गर्छन् । अण्डा र बच्चा जन्माउन सक्ने क्षमता भएको यो छेपारोको तीन वटा खुट्टा छन् । यो छेपारो बिमोडल प्रजननमा सक्षम छ । यसको मतलब यसले अण्डा पार्छ र बच्चा जन्माउँदछ।  सिड्नी विश्वविद्यालयका वैज्ञानिकले गरेको खोजमा दुई तरिकाबाट प्रजननमा सक्षम रहेको यो छपारोबारे पत्ता लगाएका हुन् ।