२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

माघको पहिलो हप्तादेखि काठमाडौँ महानगरपालिकाले विद्यालय खोल्ने

माघको पहिलो हप्तादेखि काठमाडौँ महानगरपालिकाले विद्यालय खोल्ने
अ अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने तयारी शुरु गरेको छ । 

कोभिड–१९ संक्रमणको कारण गत वर्ष चैत्र ११ गतेदेखि बन्द रहेका शैक्षिक संस्थाहरुलाई महानगरपालिकाले माघको पहिलो हप्तादेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन गर्ने तयारी गरेको हो । कोभिड १९ संक्रमण घट्दै गएको र नेपाल सरकारले पनि बिस्तारै बन्द रहेका संस्थाहरु खोल्ने तयारी गरिरहेको सन्दर्भमा माघको पहिलो हप्तादेखि विद्यालय सञ्चालनको तयारी गरेको काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले बताउनुभयो । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले नेपाल सरकारलाई विद्यालय लगायत हालसम्म बन्द रहेका संस्थाहरु खोल्न सिफारिस गरिसकेको छ । यद्यपी सरकारले निर्णय भने गरिसकेको छैन । माघदेखि विद्यालय सञ्चालन गर्न सरकारको निर्णय कुरेको र सरकारको निर्णय आउन ढिला भएपनि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरी विद्यालय सञ्चालन गरिने उहाँको भनाई छ ।

अविभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले तत्कालै विद्यालय खोल्नु नहुने बताउनु भएको छ । जाडोको समय भएकाले हिमाली र तराई क्षेत्रमा समस्या हुने तथा विदेशमा कोभिड–१९ को नयाँ संक्रमण फैलिएको भन्दै उहाँले जाडो मौसम सकिएपछि विद्यालय खोल्नु उचित हुने तर्क गर्नुभयो । वैकल्पिक रुपमै अध्यापन गराउन विद्यार्थीलाई स्रोत साधन उपलब्ध गराउनुपर्ने उहाँको भनाई छ ।

विभिन्न देशमा कोभिड–१९ संक्रमणको दोस्रो रुप आएको भन्दै अविभावकहरु छोराछोरीलाई विद्यालय पठाउन डराईरहेका छन् । बालबालिकाहरु जनस्वास्थ्य मापदण्ड पालना गर्न अभ्यस्त नभएकाले पनि तत्काल विद्यालय सञ्चालन गर्न नहुने अभिभावक रविन्द्र ओझाले बताउनुभयो । अविभावकहरुले विद्यालयहरुले सही व्यवस्थापन गर्न सक्नेआ आशंका गरिरहेका छन् ।

देशभर काहीँ विद्यालय खुल्ने र काहीँ नखुल्ने हुँदा शैक्षिक क्षेत्र प्रभावित बनेको छ । कतिपय स्थानीय तह सरकारको आधिकारिक निर्णयको प्रतिक्षामा छन् भने कतिपय ठाउँमा विद्यालय सञ्चालनमा आएपनि प्रभावकारी रुपमा अध्ययन अध्यापन हुन सकेको छैन ।