२० आश्विन २०८१, आईतवार
,
Latest
न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउनेछः पशुपति समशेर जबरा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र भएको बताउनुभएको छ ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भक्तपुरमा राप्रपाको संगठन बलियो रहेको बताउनु भयो । उहाँले युवा वर्ग र संगठन लाग्ने हो भने राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउने जिकिर गर्नुभयो । उहाँले भक्तपुरसहित देशभर नै राष्ट्रिय चुनावमा राप्रपाले सफलता हासिल गरेको देख्न चाहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र हो । यहाँको संगठन अत्यन्त दरो छ । अत्यन्त मजबुत छ । युथ कसिएर लागेदेखि एक दिन न एक दिन हामीले कुनै किसिमको राष्ट्रिय चुनावमा सफलता हाँसिल गरेको म दिलैदेखि हेर्न चाहन्छु । यो अत्यन्त राम्रो ठाउँ हो । यहाँको उर्वरा शक्ति छ ।’

सांसद जबराले भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी शक्तिशाली भएर आउने दाबी गर्नुभयो ।