१६ श्रावण २०८३, शनिबार
,
Latest
सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह अलैँची निर्यात ६४ प्रतिशतले बढ्यो, एक वर्षमै चार अर्ब ९६ करोड कारोबार वृद्धि प्रविधि र जलवायु संकट मानव अधिकारका लागि नयाँ चुनौतीः न्यायाधीश मल्ल धार्मिक तथा जातीय सहिष्णुता र शान्तिका लागि काठमाडौंमा नागरिक समाजको ‘सद्भाव र्‍याली’ एकीकृत कानून निर्माण गर्न कानून कार्यन्वयन मापन आवश्यक छः परशुराम मेघी गुरुङ जातीय र धार्मिक सहिष्णुताका लागि काठमाडौंमा सद्भाव र्‍याली झैझगडामा संलग्न एक जना पक्राउ प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु सीमानाकाबाट हुने अवैध पेयपदार्थको ओसारपसारमा कडाइ स्वार्थ समूहको दबाबमा होइन, राष्ट्रिय हितमा कानून बनाऔँः एमाले सांसद झाँक्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइँदै



अ+ अ-

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले १७औँ गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

निर्णयमा सैबै सरकारी तथा गैरसरकारी निकाय, सङ्घसंस्था तथा आम जनसमुदायहरुले आ–आफ्नो कार्यालय परिसर, भवन तथा घरवरपर सरसफाइ गरी आज साँझ दीपावली गर्ने, भोलि बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडि बिहान ७ बजे सबै कार्यालय प्रमुखहरु, कर्मचारी, सङ्घसंस्थाका प्रतिनिधि एवं सुरक्षा निकायहरु उपस्थित भई प्रभातफेरि गर्ने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाका अनुसार जेठ १४, १५ र १६ गते आ–आफ्नो घरमा सरसफाइ गरी दीपावली गरी गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय भएको छ ।