८ श्रावण २०८३, शुक्रबार
,
Latest
हर्मुज जलमार्गमा फसेका छ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान सीमा सुरक्षाको लागि ‘ड्रोन’ र ‘फेस रिकोग्निसन’ सीसीटिभी प्रयोग गर्ने सरकारको तयारी फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध तेक्वान्दोको तीनदिने राष्ट्रिय रेफ्री सेमिनार शुरु आर्थिक कूटनीति सरकारको प्राथमिकतामा, ‘देश केन्द्रित रणनीति तयार’ कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल जितेपछि अब सन्यास लिने स्टार्कको संकेत



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार फास्ट बलर मिचेल स्टार्कले आफ्नो करियरसँग जोडिएको ठूलो संकेत दिएका छन् ।

२४.७५ करोड भारु मूल्यमा टोलीमा आएका स्टार्कले एकदिवसीय ढाँचाबाट सन्यास लिने सङ्केत दिएका छन् ताकि आफूले थप फ्रेन्चाइजी क्रिकेट खेल्न सकून् । योसँगै बायाँ हाते फास्ट बलरले अर्को वर्ष आईएल खेल्ने पक्का गरेका छन् ।

खेलपछि मिचेल स्टार्कले आफूले ९ वर्ष अष्ट्रेलियालाई प्राथमिकता दिएको तर अहिले करियरको अन्त्यतिर लागेको बताएका छन् । सन् २०१५ पछि स्टार्कले यस वर्ष आईपीएलमा पुनरागमन गरेका थिए । बायाँ हाते फास्ट बलरले आफूलाई ठूलो खेल खेलाडी साबित गरे र प्लेअफ र फाइनलमा राम्रो प्रदर्शन गरे ।

आईपीएल २०२४ को फाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच घोषित गरियो । चेन्नईको एमए चिदम्बरम स्टेडियममा सनराइजर्स हैदरावादविरुद्ध स्टार्कले तीन ओभर बलिङ गर्दै १४ रन खर्चेर दुई विकेट लिएका थिए । स्टार्कले आउँदो वर्ष पनि केकेआरको हिस्सा बन्ने आशा व्यक्त गरे ।

‘पछिल्लो ९ वर्षमा मैले अस्ट्रेलियाली क्रिकेटलाई प्राथमिकता दिएँ । आईपीएलमा मेरो शरीरलाई ब्रेक लाग्थ्यो । यस अवधिमा मैले मेरी श्रीमतीसँग समय बिताउन सकें । विगत ९ वर्षमा पनि यस्तै अवस्था रह्यो । अब हामी अगाडि बढेका छौं । म मेरो करियरको अन्त्यमा छु । सायद म एउटा ढाँचाबाट टाढा रहनुपर्छ ।’ स्टार्कले भने ।

स्टार्कले थप भने, ‘अर्को एकदिवसीय विश्वकपको लागि समय छ । थाहा छैन म तबसम्म यो ढाँचा जारी राख्न सक्षम हुनेछु वा छैन । यसले फ्रेन्चाइज क्रिकेटका लागि ढोका खोल्न सक्छ । मैले यो आईपीएल सिजन धेरै रमाइलो गरें । अब टी–२० विश्वकप आउँदैछ । यहाँ हुनुको अर्को पक्ष पनि हेर्नु फाइदाजनक छ । यो महान खेलाडीहरुसँग एक महान प्रतियोगिता हो र सफलता अद्भुत छ ।’

‘मलाई अर्को वर्षको आईपीएलको समयतालिका थाहा छैन, तर मलाई यहाँ आएर रमाइलो लाग्यो त्यसैले म अर्को वर्ष फेरि केकेआरको प्रतिनिधित्व गर्नेछु ।’ बायाँ हाते फास्ट बलरले वाचा गरे । मिचेल स्टार्क आगामी टी(२० विश्वकपमा सहभागी हुन अष्ट्रेलियाको टोलीमा छिट्टै सामेल हुनेछन् ।