२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल जितेपछि अब सन्यास लिने स्टार्कको संकेत



अ+ अ-

एजेन्सी । कोलकाता नाइट राइडर्सका स्टार फास्ट बलर मिचेल स्टार्कले आफ्नो करियरसँग जोडिएको ठूलो संकेत दिएका छन् ।

२४.७५ करोड भारु मूल्यमा टोलीमा आएका स्टार्कले एकदिवसीय ढाँचाबाट सन्यास लिने सङ्केत दिएका छन् ताकि आफूले थप फ्रेन्चाइजी क्रिकेट खेल्न सकून् । योसँगै बायाँ हाते फास्ट बलरले अर्को वर्ष आईएल खेल्ने पक्का गरेका छन् ।

खेलपछि मिचेल स्टार्कले आफूले ९ वर्ष अष्ट्रेलियालाई प्राथमिकता दिएको तर अहिले करियरको अन्त्यतिर लागेको बताएका छन् । सन् २०१५ पछि स्टार्कले यस वर्ष आईपीएलमा पुनरागमन गरेका थिए । बायाँ हाते फास्ट बलरले आफूलाई ठूलो खेल खेलाडी साबित गरे र प्लेअफ र फाइनलमा राम्रो प्रदर्शन गरे ।

आईपीएल २०२४ को फाइनलमा उत्कृष्ट प्रदर्शन गरेबापत मिचेल स्टार्कलाई प्लेयर अफ द म्याच घोषित गरियो । चेन्नईको एमए चिदम्बरम स्टेडियममा सनराइजर्स हैदरावादविरुद्ध स्टार्कले तीन ओभर बलिङ गर्दै १४ रन खर्चेर दुई विकेट लिएका थिए । स्टार्कले आउँदो वर्ष पनि केकेआरको हिस्सा बन्ने आशा व्यक्त गरे ।

‘पछिल्लो ९ वर्षमा मैले अस्ट्रेलियाली क्रिकेटलाई प्राथमिकता दिएँ । आईपीएलमा मेरो शरीरलाई ब्रेक लाग्थ्यो । यस अवधिमा मैले मेरी श्रीमतीसँग समय बिताउन सकें । विगत ९ वर्षमा पनि यस्तै अवस्था रह्यो । अब हामी अगाडि बढेका छौं । म मेरो करियरको अन्त्यमा छु । सायद म एउटा ढाँचाबाट टाढा रहनुपर्छ ।’ स्टार्कले भने ।

स्टार्कले थप भने, ‘अर्को एकदिवसीय विश्वकपको लागि समय छ । थाहा छैन म तबसम्म यो ढाँचा जारी राख्न सक्षम हुनेछु वा छैन । यसले फ्रेन्चाइज क्रिकेटका लागि ढोका खोल्न सक्छ । मैले यो आईपीएल सिजन धेरै रमाइलो गरें । अब टी–२० विश्वकप आउँदैछ । यहाँ हुनुको अर्को पक्ष पनि हेर्नु फाइदाजनक छ । यो महान खेलाडीहरुसँग एक महान प्रतियोगिता हो र सफलता अद्भुत छ ।’

‘मलाई अर्को वर्षको आईपीएलको समयतालिका थाहा छैन, तर मलाई यहाँ आएर रमाइलो लाग्यो त्यसैले म अर्को वर्ष फेरि केकेआरको प्रतिनिधित्व गर्नेछु ।’ बायाँ हाते फास्ट बलरले वाचा गरे । मिचेल स्टार्क आगामी टी(२० विश्वकपमा सहभागी हुन अष्ट्रेलियाको टोलीमा छिट्टै सामेल हुनेछन् ।