३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्तापक्ष र विपक्षको संयुक्त बैठक जारी



अ+ अ-

काठमाडौँ । संसदको गतिरोध अन्त्य लगायतको विषयमा छलफल गर्न सत्ता र प्रतिपक्षी दलबीच बालुवाटारमा बैठक बसिरहेको छ ।

सरकारले भोलि बजेट ल्याउँदै छ । यसै सन्दर्भमा त्यसअघि नै नेपाली कांग्रेससँग सहमतिको प्रयासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक बोलाउनु भएको हो ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउनुपर्ने अडानबाट कांग्रेस पछि हट्न सकेको छैन । सत्तापक्ष भने रविको नाम उल्लेख नगर्ने पक्षमा छ ।

बालुवाटारभित्र प्रधानमन्त्रीले सत्ता र प्रतिपक्षीका नेतासँग छुट्टाछुट्टै पनि छलफल गरिरहेको बताइएको छ ।

जारी बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार, एमालेबाट कानूनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णीम वाग्ले, सन्तोष परियारलगायत सहभागी छन् ।