१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदको नभई बिधि र पद्धितिको लडाई हो : अध्यक्ष दाहाल



file photo
अ+ अ-

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पदको लडाइ नभई बिधि पद्धतीको लडाई भएको बताउनु भएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले क्रान्तिको उपलब्धीको रक्षाका लागि एकताबद्ध भई पुनः आन्दोलनमा आउनु परेको बताउनु भयो । 

उहाले  अहिलेको अबस्थामा अग्रमगन र प्रतिगमन बिचको लडाई भएको दाबी गर्दै बिचारका आधारमा पार्टीएकता गरेपनि प्रधानमन्त्री केपी ओलीले उलंघन गरेको आरोप लगाउनु भयो ।