१ असार २०८३, सोमबार
,
Latest
रास्वपाको लुम्बिनी प्रदेश सम्मेलन सम्पन्न, नयाँ नेतृत्व चयन कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले सोधे : ‘के जनयुद्व कुहिएको फर्सी हो त ?’



अ+ अ-

पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइप्रति नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपत्ति जनाएका छन्। मंगलबार पोखरामा आयोजित वृहद कार्यकार्ताको भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्वलाई कुहिएको फर्सी भनेकोमा आपत्ति जनाएका छन्।

प्रधानमन्त्री ओलीले हालै जनयुद्वलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाएका प्रचण्डले कार्यकर्तालाई सोधे- तपाईंहरू नै भन्नुहोस् के जनयुद्व कुहिएको फर्सी हो त ?
 
जनयुद्व लडेका तर ओलीलाई साथ दिएका पूर्वमाओवादी नेताहरूलाई लक्षित गर्दै प्रचण्डले जनयुद्व कुहिएको फर्सी नै हो त भन्ने प्रश्न पनि गरेका छन्। 

‘के जनयुद्व कुहिएकै फर्सी हो त ? प्रतिक्रान्तिमा लागेकाहरूलाई तपाईंहरूले सोध्नुहोला,’ प्रचण्डले भने, ‘जनयुद्व सम्बन्धी उल्लेख गरिएका यसअघिका राजनीतिक प्रतिवेदनमा केपी ओलीले हस्ताक्षर गरेका छन् के त्यो कीर्ते हस्ताक्षर थियो ? होइन भने यो स्वीकार्य छैन।’