• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने ★   नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो ★   कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा फोटो प्रदर्शनी गर्ने ★   रिलिज हुनुअघि नै रेकर्ड तोड्यो प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ले ★   गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा प्रवाहित रकमबारे संसदीय समितिको चासो

आईपीएल अनि काव्या



एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ ।

आईपीएलको फाइनल खेल कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच साँझ ७ः४५ बजे सुरु हुनेछ ।

फाइनल खेलमा एक सुन्दर युवती पक्कै पनि आफ्नो टोलीको प्रदर्शनमा कहिले खुसी त कहिले चिन्तित देखिनेछिन् । क्यामेराले उनको मुभमेन्टलाई कैद गर्नेछ । ती सुन्दर युवती हुन् हैदरावाद टिमकी मालिक काव्या मारन ।

आईपीएलमा आफ्नो टिमको हरेक खेलमा उनी देखिएकी छिन् । काव्याले आफ्नो अभिव्यक्ति लुकाउँदिनन् ।

काव्या हैदराबादकी प्रमुख कार्यकारी अधिकृत (सीइओ) र मालिक हुन् । काव्याको जन्म अगस्ट ६, १९९२ मा चेन्नईको एक धनी व्यापारी परिवारमा भएको थियो । उनका बुबा कलानिथी मारन सन ग्रुपका अध्यक्ष र संस्थापक हुन् ।

चेन्नईको एक विद्यालयबाट आफ्नो स्कूली शिक्षा पूरा गरेपछि, उनले स्टिल स्टेला मारिस कलेज, चेन्नईमा प्रवेश गरिन् र वाणिज्यमा स्नातक डिग्री प्राप्त गरे । त्यसपछि काव्या थप अध्ययनका लागि बेलायत गइन् । त्यहाँ उनले न्यूयोर्क विश्वविद्यालयसँग सम्बद्ध लियोनार्ड एन स्टर्न स्कूल अफ बिजनेसबाट एमबीए डिग्री हासिल गरिन् ।

पढाइ सकेपछि उनी भारत फर्किइन् र आफ्नो पारिवारिक व्यवसाय सन टिभी नेटवर्कमा आबद्ध भइन् । काव्या मारनलाई सन् २०१९ मा सन टिभी नेटवर्कको निर्देशक प्यानलमा समावेश गरिएको थियो ।

काव्या मारनलाई क्रिकेटमा गहिरो रुचि छ । आईपीएलमा खेलाडीको लिलामीमा उनी जसरी बोलीमा देखिन्छिन्, त्यसले टोलीका लागि खेलाडी छनोटमा उनको महत्वपूर्ण भूमिका रहेको देखाउँछ ।

काव्या मारनको परिवार व्यवसायसँग मात्र सम्बन्धित छैन, उनको परिवारमा राजनीतिक प्रभाव पनि छ । काव्याका हजुरबुबा मुरासोली मारन पूर्व केन्द्रीय वाणिज्य मन्त्री थिए र उनका काका दयानिधि मारन केन्द्रीय मन्त्री थिए । रिपोर्टका अनुसार काव्याको अनुमानित कुल सम्पत्ति करिब ४०९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।