१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी भित्रको बिवादको शिकार संसद भयो : अध्यक्ष दाहाल



अ+ अ-

पोखरा । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदका लागि केपी ओलीले संबिधान माथी बेईमान र सौदाबाजी गरेको आरोप लगाउनु भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला  तथा  सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जिबन्त पार्टीमा बिवाद हुने प्रक्रिया स्वभाबिक भएपनि पार्टी भित्रको बिवादको शिकार संसद भएको बताउनु भयो । 

उहाले भन्नुभयो केन्द्रीय समितिको बैठक बाट अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हटाउन तयारी थियो  त्यो कुरा ओलीजीले पार्टीकै कमिटीका फेस गर्नुपर्थो तर जनताको प्रतिनिधिको थलो संसद भंग गरिदिनु भयो ।