१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डले भने : ‘तपाई ढुक्क हुनुस् सुर्य चिन्ह र नाम हाम्रै हुन्छ लेखेर राख्नुस्’



अ+ अ-

काठमाडौं । नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सुर्य चिन्ह आफूहरुले पाउने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी, गण्डकी प्रदेशद्वारा आयोजित वृहद् कार्यकर्ता भेला तथा सङ्घर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफूहरुसँग ७० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य रहेको बताउँदै पार्टीको सुर्य चिन्ह र नेकपा नाम आफूले पाउने बताएका हुन् ।

‘साथीहरुले सुर्य चिन्ह र नेकपा नाम ओली गुटले पाउछ कि ? भन्ने लाग्यो होला, प्रचण्डले भने, ‘तपाईं ढुक्क हुनुस् चिन्ह र नाम हाम्रै हुन्छ लेखेर राख्नुस् ।’

‘दल सम्बन्धीको नियममा ५० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्य जसको छ उ नै संस्थापन हुने व्यवस्था छ तर, हामीसँग ७० प्रतिशत बढी छ ।’ प्रचण्डले भने ।