१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलको विजेता टोलीले पाउने पुरस्कार भन्दा स्टार्क महँगा



अ+ अ-

एजेन्सी । १७ औं संस्करणको इन्डिय प्रिमियर लिग (आईपीएल)ले आज नयाँ विजेता पाउँदैछ । आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यस संस्करणको विजेता टोलीले २० करोड पुरस्कार राशी पाउनेछ । यस पुरस्कार राशीभन्दा खेलाडीको बढी पारिश्रमिक रहेको छ । आईपीएल लिलामीमा मिचेल स्टार्क र उनको राष्ट्रिय टोली प्याट कमिन्सको लागि २० करोड भारुभन्दा बढी खर्च भएको थियो ।

स्टार्कलाई कोलकाता नाइट राइडर्सले २४.७५ करोडमा टोलिमा भित्र्याएको थियो । यस्तै, कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाखमा किनेको थियो ।

विजेता टोलीको २० करोडको पुरस्कार भलै कमिन्स र स्टार्कको कमाइभन्दा बढी नहुन सक्छ तर यो रकम आईसीसी टी–२० विश्वकप विजेताको पुरस्कारभन्दा पक्कै बढी हो ।

टी–२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जित्ने टोलीले आईसीसीबाट १३–१३ करोड रुपैयाँ पाउँछन्, जुन आईपीएल विजेताको कमाई भन्दा ७ करोड कम हो ।

तर, आईपीएल अझै पनि एकदिवसीय विश्वकप जित्ने पुरस्कारभन्दा १३.२ करोड रुपैयाँ पछाडि छ । अष्ट्रेलियाले २०२३ को विश्वकप जित्दा ३३.२ करोड रुपैयाँ पाएको थियो । दक्षिण अफ्रिकाको एसए२० लिग जित्ने टोलीले १५ करोड रुपैयाँ पाउँछ ।