३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ

केराको  मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो :  केरा उत्पादक सङ्घ
अ+ अ-

काठमाडौं । कैलाली र कञ्चनपुरका केरा उत्पादकले बजारमा केराको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएको जनाउँदै बजार अनुगमन प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् ।

केरा उत्पादक सङ्घ कैलाली र केरा उत्पादक तथा व्यवसायी सङ्घ कञ्चनपुरद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा ती सस्थाका प्रतिनिधिले हाल बगानबाट गुणस्तरअनुसार प्रतिदर्जन रु ६० देखि रु ६५ सम्ममा बिक्री भइरहेको भए पनि उपभोक्ताले बजारमा सोही केराका लागि अत्यधिक मूल्य तिर्न बाध्य भएकाले नियमनका लागि आग्रह गरेका हुन् ।

सङ्घीय सरकारले भारतबाट केराको बिरुवा तथा फल आयातमा रोक लगाएकामा सङ्घले धन्यवाद दिँदै अब मूल्यवृद्धि र सम्भावित कालोबजारी नियन्त्रणमा ध्यानदिन जोड दिएको छ । “सरकारको निर्णयले केरा उत्पादन, किसानको हित र राष्ट्रिय कृषि सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास छ ।

अब बजारमा भइरहेको अस्वाभाविक मूल्यवृद्धि रोक्न सम्बन्धित सरकारी निकायलाई प्रभावकारी बजार अनुगमन, कालोबजारी, कृत्रिम अभाव र अनुचित मूल्यवृद्धि नियन्त्रण गर किसान र उपभोक्ता दुवैको हित सुरक्षित हुने गरी बजार व्यवस्थापन गर्न आग्रह छ”, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।

सङ्घले कैलाली र कञ्चनपुरमा बगानबाट बिक्री हुने काँचो केराको सिफारिस मूल्यसमेत सार्वजनिक गरेको छ । त्यसअनुसार भदौदेखि असोज मसान्तसम्म प्रतिदर्जन रु ५५–६५, कात्तिकदेखि मङ्सिर मसान्तसम्म रु ४५–५० तथा पुसदेखि माघ मसान्तसम्म रु ३०–३५ निर्धारण गरिएको छ।

फागुनदेखि साउनसम्मको मूल्य भने उत्पादन, बजार अवस्था र माग–आपूर्तिको मूल्याङ्कनपछि आगामी संयुक्त बैठकबाट तय गरिने जनाइएको छ । सङ्घ कैलालीका अध्यक्ष दीपेन्द्र थारुले सम्पूर्ण किसान, व्यापारी तथा सरोकार भएकाहरुलाई पनि निर्धारण गरिएको बगान बिक्री मूल्य कार्यान्वयनमा सहयोगका लागि आग्रह गर्नुभयो ।

कृषि गणना २०६८/६९ अनुसार सुदूरपश्चिम प्रदेशमा करिब दुई हजार चार हेक्टरमा केराखेती हुँदै आएको छ भने वार्षिक करिब ७२ हजार ४४९ मेट्रिक टन उत्पादन हुने गरेको तथ्याङ्क कैलालीमा करिब एक हजार ८५० हेक्टर र कञ्चनपुरमा करिब ६१० हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको सङ्घ कञ्चनपुरका अध्यक्ष सुरेन्द्रकुमार चौधरीले बताउनुभयो ।