२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

नेकपा दुई कित्तामा : ओली पक्ष विश्वस्त,आशंकामा प्रचण्ड–नेपाल(भिडियो सहित)

नेकपा दुई कित्तामा : ओली पक्ष विश्वस्त,आशंकामा प्रचण्ड–नेपाल(भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको विघटन पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई कित्तामा विभाजित बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा प्रतिनिधि सभा विघटनको पक्षमा कार्यकर्ता भेला तथा प्रशिक्षणका लागेको छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालको नेतृत्वमा प्रतिनिधि सभा विघटनको विपक्षमा सडक संघर्षमा छ । प्रचण्ड–माधव पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नै आशंका गरिरहेका छन् भने ओली पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोगको फैसला आफ्नो पक्षमा हुनेमा विश्वस्त देखिएका छन् । 

पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधि सभाको विघटन गरेसँगै नेपालको राजनीति तातेको छ । कोभिड संक्रमणको कारण गत वर्ष चैत्रदेखि सुनसान बनेको सडकहरु प्रतिनिधि सभा विघटनको पक्ष विपक्षमा प्रदर्शन गर्ने थलो बनेको छ । प्रधानमन्त्री ओलीको यस कदमलाई असंवैधानिक, अलोकतान्त्रिक तथा प्रतिगामी कदमको संज्ञा दिदैँ सम्पूर्ण राजनीतिक दलहरु आ–आफ्नो विरोधको कार्यक्रम गरिरहेका छन् । नागरिक समाज, बुद्धिजिवी लगायत सबै आन्दोलनको कार्यक्रम गरिरहेका छन् । भलै, प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधिन छ । तर सबै राजनीतिक दलहरु यसको विरोधमा सडकमा उत्रिइरहेको बेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भने यसको पक्ष र विपक्षमा बाँडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर प्रतिनिधि सभा विघटनको पक्षमा छ भने पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षधर विपक्षमा उभिएको छ । नेकपा विभाजित बनेको छ तर नेकपाको आधिकारिकताको विषय पनि निर्वाचन आयोगमा विचाराधिन रहेको छ । दुवै पक्षले आफुलाई आधिकारिकता दिन माग गरिरहेका छन् । यता उपाध्यक्ष वामदेव गौतम भने नेकपालाई फुटबाट बचाउने भन्दै एकता राष्ट्रिय अभियान घोषणा गर्दै एकताको पक्षमा छुट्टै समुहको अभ्यास गरिरहेका छन् । सर्वोच्चले कसको पक्षमा फैसला गर्ला, नेकपा आधिकारिकता कसले पाउँला, सरकारले वैशाख १७ र २७ मा घोषणा गरेको निर्वाचन होला, नहोला र आन्दोलनरत राजनीतिक दलहरुले कस्तो बाटो अपनाउलान यतिखेर आम चासोको विषय बनेको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव पक्षका स्थायी कमिटी सदस्य देव गुरुङ प्रतिनिधि सभा विघटनको मुद्दा प्रधानन्यायाधिशको एकल इजलासबाट संवैधानिक इजलासमा पठाउने निर्णय बेठिक भएको बताउनुहुन्छ । प्रतिनिधि सभा विघटन सम्बन्धी परेको मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकारभित्र नपर्ने उहाँको भनाई छ । संवैधानिक इजलासमा पठाउनु, इजलासमा वरियताक्रम मिच्नु जस्ता कुराहरुले सर्वोच्च अदालतले न्याय निष्पक्ष र स्वतन्त्र रुपमा दिने कुरामा प्रश्न उठेको उहाँले बताउनुभयो । गल्ती सच्याउँदै प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा बृहत इजलासमा पठाउनुपर्ने उहाँको भनाई छ । निर्वाचन आयोगले पनि दलको आधिकारिकता दिन ढिला गरेको भन्दै उहाँले आयोग राजनीतिबाट प्रभावित भएको हो कि भन्ने शंका उठ्ने ठाउँ रहेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटीका आमन्त्रित सदस्य तथा प्रधानमन्त्री ओली पक्षिय नेता केशव बडाल प्रतिनिधि सभा विघटनको कदम प्रधानमन्त्री ओलिको बाध्यात्मक कदमका रुपमा रहेको बताउनुहुन्छ । राष्ट्रलाई अरु अप्ठ्यारो परिस्थितीबाट जोगाउन राजनीतिक कदम चालिएको उहाँको भनाई छ । जनताको ताजा जनमत लिने कुरा संविधान विरोधी नभएको उहाँले बताउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभाको चुनावमा जाने बाध्यकारी परिस्थिति बुझेर फैसला गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले केपी शर्मा ओली पक्षधर सँग नै पार्टीको आधिकारिकता रहेको दाबी गर्नुभयो भने प्रतिनिधि सभाको विघटन पश्चात पार्टी जागरुक भएको बताउनुभयो । दैनिक हुने सभा समारोहहरुले केपी ओलीको नेतृत्वमा मात्रै पार्टीले गतिशिलता पाउन सक्नेरहेछ भन्ने प्रमाणित गरेको उहाँको भनाई छ ।

दुई वर्षमा एकिकरणका सम्पूर्ण काम सक्ने भन्दै २०७५ जेठ ३ गते एकिकृत भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) साढे दुई वर्ष पुरा हुँदा नहुँदै विभाजित बनेको छ । स्थिर सरकार, विकास र समृद्धिको सपना देखाएर करिब दुई तिहाई जनमत पाएको पार्टीकै आन्तरिक किचलोका कारण प्रतिनिधि सभा विघटन हुन पुगेको छ । यसले नेकपाको भविष्य माथि मात्रै होईन देशको राजनीति र राजनीतिक प्रणाली माथि नै प्रश्न चिन्ह खडा भएको छ ।