१४ श्रावण २०८३, बिहीबार
,
Latest
वर्ल्डलिंकबाट सुरु भयो विद्युत् प्राधिकरणको पोल भाडा बक्यौता भुक्तानी प्रक्रिया जनसरोकारका मुद्दामा सरकार उदासीन भएको भन्दै सांसद मल्लद्वारा ध्यानाकर्षण सुनसरी घटनालाई लिएर सरकारको आलोचनाः नैतिक जिम्मेवारी लिन सांसद यादवको माग उच्च अदालत वीरगञ्जको २९ प्रतिशत मुद्दा फछ्र्योट गर्न बाँकी सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान सत्तारुढ दलकै सांसदले भने–मैले त परिवर्तन महशुस गर्न पाएको छैन भने आम जनताले कसरी परिवर्तनको… बुटवलका रेस्टुरेन्टबाट तीन बाल श्रमिकको उद्धार, ६ लाख १३ हजार बढी क्षतिपूर्ति दिलाइयो सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न राप्रपाको माग राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, पछिल्लो सुरक्षा अवस्थाबारे छलफल हुँदै मार्गप्रशस्त गर्न सरकारलाई श्रम संस्कृति पार्टीको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल फाइनलमा भारतबाट विश्वकप खेल्ने कुनै पनि खेलाडी परेनन्



अ+ अ-

एजेन्सी । यो सिजनको आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोचक प्रसंग के रहेको छ भने चेपौकको मैदानमा हुन लागेको यो खेलमा भारतीय विश्वकप टोलीका कुनै पनि खेलाडी देखिने छैनन् ।

कोलकाता र हैदरावादमा खेलिएको फाइनलमा विश्वकपका लागि छनोट भएको १६ सदस्यीय भारतीय टोलीमा कुनै पनि खेलाडी परेका छैनन् । कोलकाताका रिंकु सिंह मात्र रिजर्भ खेलाडी छन् ।

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ । भारतीय टोलीका खेलाडी शनिबार अमेरिका प्रस्थान गरेका छन् ।

कोलकाता र हैदरावादले यस सिजनको फाइनल खेल्दा अष्ट्रेलिया र दक्षिण अफ्रिकाका ३र३ खेलाडी समावेश छन् । वेस्ट इन्डिज र अफगानिस्तानका २–२ खेलाडी समावेश छन् । यस्तै, एक न्युजिल्यान्डका खेलाडी पनि आईपीएल फाइनलको हिस्सा बनेका छन् ।

टी–२० विश्वकपका लागि भारतीय टोलीमा मुम्बई इन्डियन्सका सबैभन्दा धेरै खेलाडी (४) छन् । ३–३ खेलाडी दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका छन् । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट २–२ र पञ्जाब किंग्सका एक खेलाडी विश्वकप टिममा परेका छन् ।

विश्वकप खेल्ने भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सामसन, ऋषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज ।




भर्खरै