१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई गृहमन्त्रीको आव्हन



अ+ अ-

ललितपुर । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक स्थायित्व र विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिन सम्पुर्ण खेलाडीहरुलाई आव्हन गर्नुभएको छ । 

ललितपुरमा मंगलबार आयोजित अखिल नेपाल खेलकुद महासंघको राष्ट्रियभेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री थापाले देशलाई विकासको दिशामा अघि बढाई राजनीतिक स्थायित्व कायम गराउनका लागि प्रधानमन्त्री ओलीको पक्षमा उभित्र खेलाडीहरुलाई आव्हान गर्नुभएको हो । उहाँले प्रचण्ड–नेपाल समुहलाई “गुट”को संज्ञा दिदै पार्टी फुटाउने र गुटबन्दी गर्नेको नभई पार्टीको पक्षमा उभिन निर्देशन दिनुभयो ।  

उहाँले भन्नुभयो “हामी पार्टीको पक्षमा उभिने कि गुटको पक्षमा उभिने ? नेकपा फुट्नु र फुटाउनु ठिक थियो त ? नेकपा फुटाएर देशको विकास संभव छ ? नेकपा संसदीय दललाई विभाजन गरेर र नेकपाको नेतृत्वलाई अपदस्त गरेर सरकारको प्रधानमन्त्रीलाई हटाएर के देशमा राजनीतिक स्थायित्व कायम हुन्छ ? र देश विकासको दिशामा अघि बढ्न सक्छ ? यो प्रश्न हाम्रो अगाडि उभिएको छ । स्थिरताको पक्षमा उभिने कि अस्थिरताको पक्षमा उभिने ? ”

उहाँले जनसंगठनहरु पनि विभाजित भएको अवस्थामा प्रचण्ड–नेपालले नेतृत्व गरेको गुटमा नभई ओली बादलले नेतृत्व गरेको पार्टीको पक्षमा उभिन आव्हान गर्नुभयो ।

मुलुकमा अस्थिरता चाहनेहरु र एकाता र स्थिरता चाहनेहरु विभाजित भएको  र यस्तो अवस्थामा देशप्रेमी खेलाडीहरु स्थिरता र एकताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभयो । साथै भेलामा भएको उपस्थितिले पनि स्थिरताको पक्षधर धेरै भएको पुष्टि गरेको उहाँले बताउनुभयो ।