२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल

मंगलबार शेयर बजार २८.३१ अंक बढ्यो, ५ अर्ब मुनिको कारोबार

मंगलबार शेयर बजार २८.३१ अंक बढ्यो, ५ अर्ब मुनिको कारोबार
अ अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २८.३१ अंक बढेर २ हजार २६७ दशमलव ७३ विन्दुमा पुगेको छ । यस दिन २ हजार २४३ दशमलव १७ विन्दुदेखि खुला भएको बजार २ हजार २३३ विन्दुसम्म झरेको थियो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंक बढेर ४३३ दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन २०२ ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा रू. ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबारको कारोबारमा सर्वाधिक हिस्सा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ ।  उक्त कम्पनीको रू.२९ करोड ६ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव मंगलबार सार्वजनिक गरेको उक्त कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । 

हालसम्मकै न्यून लाभांशका कारण लगानीकर्ताहरुको मनोबलमा गिरावट आउँदा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. २५ ले घटेर अन्तिम मूल्य रू. १ हजार ६५ मा झरेको छ । यस अघि ८४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष हालसम्मकै न्यून लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष पनि कम्पनीले लगानीकर्ताहरुको हात खाली बनाएको थियो । दुई वर्षपछिको लाभांश पनि हालसम्मकै न्यून हुदाँ मंगलबार विक्री चाप बढेसँगै कम्पनीको शेयरमूल्य पनि घटेको हो ।यो दिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको शेयर प्रतिकित्ता रू. ७५ ले मूल्य बढेर अन्तिम मूल्य रू. ८२५ कायम भएको छ । उक्त कम्पनीसँगै मंगलवार अन्य ७ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

यो दिन आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९० प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८९ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७८ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७० प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको हो ।

मंगलबारको बजारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन जीवन बीमाको २ दशमलव ६७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६६ प्रतिशत, वित्तको २ दशमलव ५ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८७ प्रतिशत, बैंकिङकको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत, होटलको शून्य दशमलव ५२ प्रतिशत, अन्यको शून्य दशमलव ३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको छ । यस दिन व्यापारिक समूहको परिसूचक भने शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।