• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   पार्किङ क्षेत्रमा बाढी पसेपछि विराटनगर विमानस्थलको उडान अवतरण प्रभावित ★   भारत–इंग्ल्याण्डको खेलमा वर्षा बाधक भयो भने कसलाई फाइदा हुनेछ र को जानेछ फाइनलमा ? ★   लमजुङ पहिरो अपडेट: बेपत्ता चारजनाको शव फेला ★   कैलालीमा चट्याङबाट दुईको मृत्यु, छ जना घाइते ★   परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता ★   युरो कपमा आज समूह ‘ई’ का खेलहरु नकआउट जस्तै, चारवटै टिमको ३ अंक ★   ‘इट्स माई शो’ विवादमा सुरजसिंह ठकुरीले भने– ‘मेरो २३ वर्षको समर्पण, ब्रान्ड ध्वस्त भयो’ ★   महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह ★   राष्ट्रपति पौडेलसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेट ★   पोखरामा सडक भासिँदा आवागमनमा समस्या

मुटुमा समस्या देखिएपछि कान्तिपुरका अध्यक्ष सिरोहिया अस्पताल भर्ना



काठमाडौं । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि सिरोहियालाई अस्पताल भर्ना गरिएको हो ।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्‍याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए । शुक्रबार उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि अस्पताल भर्ना गरिएको हो ।

पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचापलगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो ।

तर प्रादेशिक अस्पतालमा न्यूरोलोजीलगायतको परीक्षण गर्ने सुविधा उपलब्ध नभएपछि काव्या अस्पताल लगिएको छ । सिरोहियाको पछिल्लो अवस्था चिन्ताजनक पाएकाले परीक्षणहरु सुरु गरेको, तर रिपोर्ट प्राप्त गरिनसकेको चिकित्सकहरुले बताएका छन् ।

चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत् ब्रिफिङ गराएका छन् । अनिलले सिरोहियाको स्वास्थ्य समस्यालाई हेर्दै आएका छन् ।

कान्तिपुरले गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै शृंखलाबद्ध रिपोर्ट प्रकाशित गर्दै आएकाले प्रतिशोधपूर्वक आफूलाई गिरफ्तार गरिएको सिरोहियाले बताउँदै आएका छन् ।