• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक ★   हनुमान चालिसा कहिले र कसले लेखे ?

राजस्थानको ‘बिरामी’ टोलीले बैंगलोरलाई एलिमिनेटरमा पछार्यो



एजेन्सी । आईपीएल २०२४ को एलिमिनेटरमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्यो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले बैंगलोरलाई ४ विकेटले पराजित गरेको हो ।

यो जितसँगै राजस्थानले फाइनलतर्फ अर्को कदम अगाडि बढाएको छ । राजस्थानको जितपछि सञ्जुले आफ्नो ‘बिरामी’ टोलीले कसरी आरसीबीलाई हराएको बताए ।

खेलपछि सञ्जु सामसनले आफ्नो टिम पूर्ण रुपमा ठिक नभएको बताए । ड्रेसिङ रुममा केही समस्या रहेको उनले बताए । त्यहाँ खोकी छ र धेरै मानिसहरू अस्वस्थ छन् । उनले थप भने ‘अब हामीसँग यात्रा र आराम गर्ने दिन छ । अर्को खेलको लागि उत्साहित छौँ ।’

एलिमिनेटरमा आरसीबीलाई हराएपछि राजस्थानले सनराइजर्स हैदरावादसँग प्रतियोगिताको दोस्रो क्वालिफायर खेल्नेछ, जुन शुक्रबार मे २४ मा खेलिनेछ ।

हैदराबाद र राजस्थानबीचको दोस्रो क्वालिफायर चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ । राजस्थान र चेन्नईबीचको खेलमा जित्ने टोलीले आइतबार मे २६ मा कोलकाता नाइट राइडर्ससँग फाइनल खेल्नेछ ।