२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप तयारीका लागि गर्नसक्ने गरेका छौं– पारस



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गर्नुभएको छ ।

विश्वकपको तयारीका बारेमा पूर्वकप्तानसमेत रहनुभएका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गर्नुभएको हो । उहाँले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताउनु भयो । फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उहाँको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उहाँको विश्वास छ ।

पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताउनु भयो । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताउनु भयो । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उहाँले बताउनु भयो । नेपालको साधनश्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उहाँको तर्क पनि छ ।

अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उहाँले बताउनु भयो । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ ।

क्यानका सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गर्नुभयो । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उहाँको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गर्नुभयो ।

हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।