३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बुधबार शेयर बजार १८.८१ अंक उकालो लागेर करीब ६ अर्बको कारोबार

बुधबार शेयर बजार १८.८१ अंक उकालो लागेर करीब ६ अर्बको कारोबार
अ+ अ-

काठमाडौं । बुधबार शेयर बजार १८.८१ अंकले बढेर २ हजार २८६ दशमलव ५४ विन्दुमा बजार बन्द भएको हो । यस दिन २ हजार २७९ दशमलव शून्य ४ विन्दुदेखि खुलेको बजार २ हजार २९६ विन्दुसम्म पुगेको थियो । यो दिन कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंक बढेर ४३५ दशमलव २५ विन्दुमा पुगेको छ । बुधबार परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

बुधबार रू. ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर कारोबार भएको हो । बुधबार उक्त रकम बराबरको कारोबार २०७ ओटा कम्पनीको ५० हजार ९५० पटकको व्यापार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ४६ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यी मध्य मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ७१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १६२ कायम भएको छ । बुधबार होटल समूहको शून्य दशमलव २८ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ । यस दिन वित्त समूह र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । वित्त समूहको परिसूचक ४ दशमलव ७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव २३ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन लघुवित्तको २ दशमलव ७४ प्रतिशत, जलविद्युतको १ दशमलव ७२ प्रतिशत, विकास बैंकको १ दशमलव ३१ प्रतिशत , जीवन बीमाको १ दशमलव १७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत र व्यापारिकको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको हो ।

आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, फस्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, नारायणी डेभलपमेण्टको ९ दशमलव ८९ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ८८ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७२ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ९ दशमलव ५३ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ५२ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको ९ दशमलव २१ प्रतिशतले शेयरमूल्य बढेको हो ।

यो दिन कुल कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । उक्त कम्पनीको रू. २६ करोड ५५ लाख २४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. १ हजार २६३ पुगेको छ ।

दास्रोमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ७२ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५५१ कायम भएको छ । यस दिन १० ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले र अन्यको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।