१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार शेयर बजार १८.८१ अंक उकालो लागेर करीब ६ अर्बको कारोबार



अ+ अ-

काठमाडौं । बुधबार शेयर बजार १८.८१ अंकले बढेर २ हजार २८६ दशमलव ५४ विन्दुमा बजार बन्द भएको हो । यस दिन २ हजार २७९ दशमलव शून्य ४ विन्दुदेखि खुलेको बजार २ हजार २९६ विन्दुसम्म पुगेको थियो । यो दिन कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९७ अंक बढेर ४३५ दशमलव २५ विन्दुमा पुगेको छ । बुधबार परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।

बुधबार रू. ५ अर्ब ९१ करोड ४३ लाख ८९ हजार बराबरको १ करोड ३२ लाख ८९ हजार ८४९ कित्ता शेयर कारोबार भएको हो । बुधबार उक्त रकम बराबरको कारोबार २०७ ओटा कम्पनीको ५० हजार ९५० पटकको व्यापार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ४६ ओटा कम्पनीको शेयरमूल्य घटेको छ । यी मध्य मल्टिपर्पस फिनान्सको शेयरमूल्य सर्वाधिक ४ दशमलव ७१ प्रतिशतले घटेर अन्तिम मूल्य रू. १६२ कायम भएको छ । बुधबार होटल समूहको शून्य दशमलव २८ प्रतिशत र बैंकिङ समूहको शून्य दशमलव १८ प्रतिशत परिसूचक घटेको छ । यस दिन वित्त समूह र उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । वित्त समूहको परिसूचक ४ दशमलव ७५ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको ४ दशमलव २३ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन लघुवित्तको २ दशमलव ७४ प्रतिशत, जलविद्युतको १ दशमलव ७२ प्रतिशत, विकास बैंकको १ दशमलव ३१ प्रतिशत , जीवन बीमाको १ दशमलव १७ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, अन्यको शून्य दशमलव ६८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ५८ प्रतिशत र व्यापारिकको शून्य दशमलव ३६ प्रतिशत परिसूचक बढेको हो ।

आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत, फस्ट माइक्रोफाइनान्स डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत, इन्फिनिटी लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, नारायणी डेभलपमेण्टको ९ दशमलव ८९ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ८८ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७२ प्रतिशत, गणपति माइक्रोफाइनान्सको ९ दशमलव ५३ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ५२ प्रतिशत र एनएमबि माइक्रोफाइनान्सको ९ दशमलव २१ प्रतिशतले शेयरमूल्य बढेको हो ।

यो दिन कुल कारोबार रकममा नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक हिस्सा रहेको छ । उक्त कम्पनीको रू. २६ करोड ५५ लाख २४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको शेयर कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १० ले बढेर अन्तिम मूल्य रू. १ हजार २६३ पुगेको छ ।

दास्रोमा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ७२ लाख ५५ हजार बराबरको शेयर कारोबार भएको हो । यस कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ५५१ कायम भएको छ । यस दिन १० ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले र अन्यको ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।