• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि

दुर्लभ बन्यजन्तु बाघको छाला कारोबार गर्ने पक्राउ



काठमाडौं । काठमाडौं जिल्ला तारकेश्वर न.पा. वडा नं ९ मनमैजु बालाजु एरियामा प्रतिबन्धित गरिएको दुर्लभ बाघको छाला अबैधरुपमा बिक्रि वितरण गरेको अभियोगमा एक व्यक्ती पक्राउ परेका छन् ।

यही मिति २०७७ साल पुष २८ गतेको दिन लम्जुङ जिल्ला दुधपोखरी घर भई का.जि. तारकेश्वर न.पा. वडा न ९ मनमैजु बस्ने बृस राज घलेले लुकाई छिपाई ल्याएर कोठामा राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको प्रतिबन्धित बाघको छाला बिक्रि वितरण गर्ने उद्येश्यले लिई आएकोमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले पक्राउ गरेको जनाएको छ । त्यहाँबाट आवश्यक कारबाहिको लागी जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको बताइएको छ ।