११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभा निर्वाचन: १९ सिट मध्ये १८ मा गठबन्धनका उम्मेदबार बिजयी एक मा एमाले



अ+ अ-

काठमाडौ ।राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनले कुल १९ सिट मध्ये १८ सिटमा बिजयी हासिल गरेको छ। प्रदेश १ मा भने एमालेका  सोनाम ग्याल्जेन शेर्पा  बिजयी हुनु भएको छ । कर्णाली प्रदेशबाट  सत्ता गठबन्धनका उम्मेदवार महिला क्लस्टरमा नेपाली कांग्रेसका  दुर्गा गुरुङ (सुर्खेत), अपाङ्गता/अल्पसङ्ख्यक क्लस्टरमा माओवादी केन्द्रका नरबहादुर विष्ट (सुर्खेत) र खसआर्य क्लस्टरमा एकीकृत समाजवादीका उदय बोहरा (सल्यान) विजयी हुनुभएको छ ।

यसैगरी गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट अन्य समूहमा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएका सुरेशकुमार आलेमगर महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त र दलिततर्फ माओवादी केन्द्रका भुवनबहादुर सुनार बिजयी हुनु भएको छ ।

यसै गरी बागमतीबाट सत्तारूढ गठबन्धनका उम्मेदवार नेपाली काग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमादेवी तिमल्सिना विजयी हुनुभएको छ । यसैगरी लुम्बिनी प्रदेशबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेस उम्मेदबारयुवराज शर्मा ,नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र  जनमोर्चाको तर्फबाट दलित उम्मेद्वार तुलप्रसाद विश्वकर्मा बिजयी हुनु भएको छ ।

सूुदुरपश्चिम प्रदेशबाट नेपाली काग्रेसका नारायणदत्त मिश्र ,माओवादी केन्द्रका जगत पार्की र एकीकृत समाजवादीकी गरिमा शाह बिजयी हुनु भएको छ। यसैगरी मधेश प्रदेशबाट माओवादी केन्द्रका उर्मिला अर्याल र जनता समाजावदी( महमद खालिद बिजयी हुनु भएको छ। यसैगरी प्रदेश १ बाट नेपाली काग्रेसका गोपाल बस्नेत र एकीकृत समाजवादीकी जयन्ती राई बिजयी हुनु भएको छ ।