१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै

क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा २५५८ औं बुद्ध जयन्ती मनाइँदै
अ अ+ अ-

काठमाडौँ । २५५८ औं बुद्ध जयन्तीका अवसरमा क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव हुने छ ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले नेपाली जनजाति (आदिवासी) एशोसिएशन अफ क्यानडासँगको सहकार्यमा मे २५ मा २५५८ औं बुद्ध जयन्तीका अवसरमा टोरोन्टोको डन्डास स्क्वायरमा भव्य उत्सव गर्ने भएको हो ।

वैशाख शुक्लपक्षको पूर्णिमाको दिनमा गौतम बुद्धको जन्म, महाबोधि ज्ञान लाभ र महापरिनिर्वाणको त्रिसंयोग दिवसलाई विश्वभर बुद्ध जयन्तीका रुपमा मनाउने गरिन्छ । कार्यक्रमबारे जानकारी दिँदै ह्योल्मो सोसाइटी अफ क्यानडाका अध्यक्ष विश्व स्याङ्वा ह्योल्मोले नेपालको संस्कृति जोगाउन र नयाँ पुस्तालाई आफ्नो संस्कृतिको बारेमा जानकारी गराउन विभिन्न कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले मे २५ मा बुद्ध जयन्ती क्यानडाको टोरोन्टोको डन्डास स्क्वायरमा भव्यताका साथ मनाउन लागेको बताउनु भयो ।

कार्यक्रममा यस वर्ष विशेष बौद्ध बज्रयान–महायानी धार्मिक तान्त्रिक नृत्य, ह्योल्मो साँस्कृतिक नृत्य प्रस्तुति, द्विप “क्षेमी” प्रज्वलन तथा लामा गुरुबाट बुद्धको पूजा तथा शान्ति प्रार्थना गरी भगवान गौतमबुद्धको स्मृति र सम्मानमा उनका शान्तिका सन्देशहरु सम्प्रेषण गरी २५६८ औं बुद्ध जयन्ती महोत्सव हुने बताउनु भयो । उहाँले नयाँ पुस्तालाई बुद्ध धर्मको बारेमा जानकारी गराउने, आफ्नो धर्म, संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागेको बताउनु भयो । उहाँले यसले नेपालमा पर्यटन प्रवद्र्धनमा पनि मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

ह्योल्मो सोसाइटी अफ क्यानडाले प्रत्येक वर्ष बुद्ध जयन्तीमा छोग्फुल कार्यक्रम आयोजना गर्दै आएको उहाँले बताउनु भयो ।