१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी

संसदबाटै बजेट आउने माओवादी सांसदहरुको दाबी
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)का सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने चर्चा चलिरहेका बेला सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसदहरुले अध्यादेशबाट बजेट ल्याउने कुरा केबल चर्चा मात्रै भएको बताएका हुन् ।

उनीहरुले सरकारले बजेट संसदबाटै ल्याउने भन्दै त्यसको लागि वातावरण बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहनुभएका सांसद देवेन्द्र पौडेलले सरकारले अध्यादेशबाट बजेट ल्याउने कुरा चर्चा मात्रै भएको बताउनु भयो । उहाँले सरकार जेठ १५ गते संसदबाटै बजेट ल्याउन तयार रहेको भन्दै यसका निम्ति प्रतिपक्ष दलहरु पनि तयार हुनुपर्ने बताउनु भयो । उहाँले उहाँले सरकारको नीति, कार्यक्रम तथा बजेट संवैधानिक व्यवस्था अनुरुप ल्याउनुपर्ने बाध्यात्मक अवस्था भएको भन्दै यसलाई पारित गर्नका लागि प्रतिपक्षहरुपनि तयार हुनुपर्ने बताउनु भयो । सरकारको नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षको सहयोग रहेमा प्रतिपक्षको मागमा सरकार पनि लचिलो हुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षले बोल्ने सहमति भएर नै माननीय बद्री पाण्डेले आफ्नो कुराहरु राख्नुभएको छ । यसरी नै किस्ता किस्तामा सहमती गर्ने प्रयत्न गर्छौ । संसद भनेको जनताका आवाजहरु, जनताका विषयहरु, राज्यका महत्वपूर्ण विषयहरु उठान गर्ने ठाउँ भएको हुँदाखेरी सकेसम्म प्रतिपक्ष र सत्तापक्ष दुवैले देशको प्रमुख मुद्दाहरुमा मिलेर जान प्रयत्न गर्नु नै अहिलेको आवश्यकता हो । अध्यादेशबाट बजेट ल्याउने कुरा चर्चा मात्रै हो । तर प्रतिपक्षले पनि कानुनसम्मत प्रकारले १५ गते अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएको हुँदाखेरी उहाँहरुको पनि त्यो कानुनमा सहमती भएको हुँदाखेरी जसरी पनि बजेट र नीति, कार्यक्रम पास गर्न उहाँहरु तयार हुनुपर्छ । र सकेसम्म नीति, कार्यक्रम, बजेटलाई प्रतिपक्षको सहयोग रह्यो भने सरकार पक्ष लचिलो हुन तयार छ ।’

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यादेशबाट बजेट ल्याउने बाटोमा जान तयार नभएको बताउनुभएको छ । उहाँले संसदबाटै बजेट ल्याउनका लागि नै सरकार विनम्र र धैर्य भएर प्रतिपक्षको बिरोधको बाबजुद पनि बैठक चलाउन प्रयत्न गरिरहेको बताउनु भयो । उहाँले सत्तारुढ दलका कुनैपनि घटकहरु अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेका बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सरकार संयमित, लचिलो र मध्यमार्गका निमित्त धैयर्ता नै गरिराखेको छ नि । उहाँहरुले त सिधै मुठभेडमा लैजानुभयो नि, सुरु देखिका गतिविधि हेर्ने हो भने । राष्ट्रपतिलाई नीति, कार्यक्रम वाचन गर्न, प्रस्ताव गर्न दिने । तर धन्यवाद दिन नदिने भन्ने उहाँहरुको आन्दोलनको पनि श्रृङ्खला मिलेको छैन । संसदमा जे–जस्ता गतिविधि र क्रियाकलाप भइराखेका छन्, त्यो शोभनिय छैन । प्रमुख प्रतिपक्ष या सत्तापक्ष दुवैलाई यसले फाइदा गर्दैन । संविधान र व्यवस्थाको खिलाफमा रहेकाहरुलाई मनोबल प्रदान गरेको छ । र फाइदा गरिराखेको छ । प्रधानमन्त्री र नेपाल सरकार अध्यादेशको बाटोमा जान तयार छैन ।’

‘त्यसो हो भने अरु कुरा केहीपनि नगरीकन संसदलाई बन्द गरेर अध्यादेशमा गएको भए हुन्थ्यो । सरकार विनम्र, धैर्य भएर, सहेर सबैकुरा गरेर, विरोधकै बाबजुद पनि चलाउन प्रयत्न गरिराखेको छ । यसले के देखाउँछ भने सरका हतारिएर हड्बडिएर अध्यादेशको बाटोमा जान तयार छैन । सरकार उहाँहरुलाई अझै कुल बनाएर र मध्यमार्गमा हिड्न चाहान्छ र त्यो भनेको संसदीय छानविन समिति बनाउने । त्यसका लागि उहाँहरु तयार हुने । र संसदलाई लयमा फर्काउनेमा छ । म स्पष्ट पार्न चाहन्छु, सरकार र सरकारमा सामेल भएका सबै घटकहरु अध्यादेशको बाटोमा यतिबेलासम्म हुनुहुन्न । तर फेरी देश नै बन्द गर्ने । ठप्प पार्ने तहमा पनि जानु हुँदैन । त्यसैले अध्यादेशमा हिडाउने वा नहिडाउने कुराको निर्णायक भुमिका प्रमुख प्रतिपक्षको हातमा छ ।’

सांसद सापकोटाले बजेटलाई अध्यादेशको बाटोमा हिँडाउने वा नहिँडाउने भन्नेकुरा प्रमुख प्रतिपक्षको हातमा रहेको पनि बताउनु भयो ।