१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी News Polar दूरसञ्चार सेवाको गुणस्तर सुधार्न मन्त्री तिमिल्सिनाको निर्देशन News Polar कांग्रेस नेता आङदेम्बेको टिप्पणी : ‘बलियो जनमत पाए पनि सरकारको शासन सञ्चालन कमजोर’ News Polar काँग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने News Polar २० वर्षदेखि थन्किएका संक्रमणकालीन न्यायका फाइल तत्काल अघि बढाउन सांसद बास्कोटाको माग News Polar नियुक्ति प्रक्रियामा ढिलाइ र निमित्तको निरन्तरतामाथि एमाले सांसद सिद्धिकीको प्रश्न News Polar सुनचाँदीको मूल्य बिहीबार पनि स्थिर News Polar सङ्घीय संसद्‌का दुवै सदनको चालु अधिवेशन असोज १६ गते मध्यरातिदेखि अन्त्य

पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम

पलाञ्चोक भगवती: संस्कृति संरक्षणार्थ जात्रा र सांस्कृतिक कार्यक्रम
अ अ+ अ-

काभ्रेपलाञ्चोक । पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा हरेक वर्ष चण्डीपूर्णीमाको अवसरमा ठूलो मेला लाग्छ । जिल्लाको पाँचखाल नगरपालिका–९ स्थित उक्त पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमासमेत परिचित छ ।

विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा परम्परादेखि संस्कृतिको संरक्षणार्थ मनाइँदै आएको जात्रामा दर्शनार्थी भक्तजनलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले यसवर्ष जात्राको परम्परालाई निरन्तरता दिँदै सांस्कृतिक कार्यक्रमसमेतको आयोजना गरिएको छ । आगामी शुक्रबारदेखि सुरु हुने कार्यक्रम तीन दिनसम्म सञ्चालन हुनेछ । सोही अवसरमा कालिका, एकता, एकीकृत पहरी, पलाञ्चोक गैरीगाउँ क्लब र धन्देखोला नेवा समाजले संयुक्त रुपमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका हुन् ।

जात्राको पहिलो दिन (चण्डी पूर्णिमा)को अघिल्लो दिन अर्थात् बिहीबार साँझमा बत्ती बाल्ने, दोस्रो दिन ९मुख्य दिन० पूर्णिमा जात्रा र तेस्रो दिन रथयात्रा गरिने परम्परा रहेको मन्दिरका पूजारी शैलेश्वर बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार चण्डी पूर्णिमा र बडादसैँमा एकादशीको दिन रथ बनाइ मन्दिर घुमाउने परम्परा छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार छ सय ५६ वर्ष पहिले अर्थात् इस्वी संवत् ४२५ सालमा निर्माण भएको शिलालेखबाट प्रमाणित भएको थियो । पलाञ्चोक भगवतीलाई ‘भगवतीको जेठी दिदी’का रुपमासमेत चिनिन्छ । जिल्लाको (हाल नमोबुद्ध नगरस्थित)बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भई आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किंबदन्ती छ ।

किंबदन्तीअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र बोकेर लैजान कोसिस गर्दा मूर्ति बोक्न नसकेपछि सोही स्थानमा भगवतीको मूर्ति राखी पूजाआजा सुरु गरिएको थियो ।

तत्कालीन अवस्थामा ६० घरधुरीले भगवतीको मूर्ति बोक्न सहयोग गरेकाले उक्त स्थानको नाम सोही बेलादेखि ‘६० घर भगवती’ भएको बताइन्छ । इस्वी संवत् ४२५ को समयमा कालीगढले दाहिने हातले निर्माण गरेको पलाञ्चोक भगवती, नाला भगवती, देब्रे हातले बनाएको नक्साल भगवती र गोडाले शोभा भगवतीको मूर्ति कुँदिएको किंबदन्ती छ ।

यस्तै भगवतीका मूर्तिमध्ये सबैभन्दा पुरानो र दाहिने हातबाट निर्माण गरिएको भगवतीको मन्दिर भएकाले पनि अन्य भगवतीमध्ये पलाञ्चोक भगवती बढी चर्चित र गन्तव्यस्थानको रुपमा रहेको पाइन्छ ।

तत्कालीन समयमा भगवतीको मन्दिर निर्माण भएपछि मन्दिरको मौलिक पूजारीको बन्ने भन्ने विषयमा काठमाडौँको मखनटोलका बज्राचार्यबाट दैनिक नित्यपूजा र गुठीपूजा गर्नेगरी अनुमति पाएपछि हालसम्म पनि सोही टोलका बज्राचार्य परिवारले नै पूजा गर्दै आएका हुन् । मन्दिरका पुजारी शैलेश्वरका अनुसार करिब नौ पुस्ता बज्राचार्यले पूजारीका रुपमा दैनिक नित्यपूजा र गुठीपूजा गर्दै आएका छन् ।

पलाञ्चोक भगवतीस्थानमा विसं १९९० को भूकम्पले मन्दिर वरपरका घर सबै भत्किए पनि मन्दिरमा ठूलो खासै क्षति नभए पनि भगवतीको शिर पश्चिमतिर ढल्किएको थियो । उक्त मन्दिरमा भगवतीको दर्शन गर्नाले मनले चिताएको पूरा हुने जनविश्वासमा छ ।

बज्राचार्यका अनुसार देशमा कुनै विपत्ति तथा सङ्कट आउन लाग्यो भने भगवतीको मूर्तिमा विभिन्न सङ्केत देखिनुको साथै मूर्तिमा पसिना आउने गर्दछ । भगवतीको दर्शनका लागि दैनिकजसो दर्शनार्थीको भीड लागिरहने भए पनि विशेषरुपमा बडादसैँमा नवरात्रिको समय मन्दिरमा हाँस, बोका, राँगाआदिको बलि दिने प्रचलन छ । दसैँबाहेक वैशाखपूर्णिमा, माघे सङ्क्रान्ती, जेठको पूर्णिमालगायतका चाडपर्वमा मन्दिरमा ठूला मेला लाग्दछ ।

ऐतिहासिक दस्तावेजअनुसार पृथ्वीनारायण शाहको एकीकरणको समयपछि मन्दिर, पूजारी, गुठीयार र बाजागाजा बजाउने समुदायको व्यवस्थापन गरिएको थियो । एकीकरणपछिको समयदेखि पूजारीले दैनिक नित्यपूजा गर्ने, पहरीले रथ बोक्नुका साथै दैनिक नित्यपूजाका लागि फूल ल्याउने, कसाइले काटमार गर्ने, कुस्लेले पूजाको समयमा बाजा बजाउनेजस्ता कामको बाँडफाँट गरिएको बताइन्छ ।

पलाञ्चोक भगवतीका नाममा तत्कालीन बालुवा गाविस, दोलालघाट, पाँचखाल, होक्सेलगायतका गाविसमा करिब एक हजार आठ सय रोपनी जग्गा स्थानीय मोहीहरुले कमाउँदै आएका छन् । रासस