२० आश्विन २०८१, आईतवार
,
Latest
दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई



अ+ अ-

काठमाडौँ । परराष्ट्रविद्हरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन पहल गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशनले सोमबार यहाँ आयोजना गरेको दक्षिण एसियाको भविष्यस अवसर, चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सार्कलाई सक्रिय गराउनु पर्ने बताउनु भएको हो ।

उहाँहरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) निर्जिव भइरहेको वेला परारष्ट्रविद्हरुले अव बोल्ड निर्णय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको हो । उहाँहरुले सार्कलाई सक्रिय बनाउनका लागि ठाउँ परिवर्तन गरेर भएपनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा उहाँहरुले भारत र पाकिस्तानको कारणले सार्कलाई बन्दक बनाउन नहुने सुझाव दिएका हुन् । एमालेका स्थायी कमिटीसदस्य डा। राजन भट्टराईले सार्कलाई सक्रिय बनाउनका लागि ठाउँ परिवर्तन गरेर भएपनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र भएकोले पुर्नजिवित बनाउनका लागि पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले पाकिस्तानमा हुन नसकेको शिखर सम्मेलन नेपालमा नै गर्नुपर्ने बताउनुभयो ।“अहिले पनि हामीमा अन्य देशलाई कन्भिन्स गर्ने क्षमता रहेको छ । नेपालका लागि किन शिखर सम्मेलन उपयुक्त छ भनेर अहिलेको वातावरणले हामी बताउन सक्ने ठाउँमा रहेका छौ,” उहाँले भन्नुभयो, “चाहे त्यो सार्कको कुरा होस् वा राजनीतिक वातावरणको कुरा होस् चाहे हाम्रो वहुपक्षिय सम्बन्धको कुरा होस् । सवैको जस्तो हाम्रो अरु देशको जस्तो प्रतिकुल अवस्थामा छैनौ ।”

उहाँले सार्कलाई पहिल्यै अवस्थामा फर्काउनका लागि नेपालले अध्यक्ष राष्ट्रको हैसिलयले पहल गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले एमाले सरकारमा गएपछि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० ले तयार पारेको प्रतिवेदन बुझाउनेमा सकारात्मक वातावरण बनेको भन्दै भारतमा निर्वाचन सकिएपछि बुझाउने तयारी भइरहेको बताउनुभयो । “भारतको निर्वाचन सकिएपछि सरकारकै पहलबाट इपिजीको प्रतिवेदनलाई बुझाउने पहल गर्नुपर्दछ” उहाँले भन्नुभयो, “हामी कपिपय बिषय यस्ता हुन्छन् । त्यसमा हामी थकित हुनुहुँदैन । प्रतिवेदन लामोसमयदेखि थाति राखेका समस्यालाई सम्बोधन गरेको छ । त्यसमा सहमति प्रतिवेदन तयार गरेकोले भारतले नाई भन्न सक्दैन । हामीबाट त्यो प्रतिवेदन सहि भएकोले हामीले बुझाउन खोज्दा खोन्दै सकेनौ थकित भयो भनेर छाड्न हुन्न । ”

सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफू परराष्ट्रमन्त्री हुँदा वखत सम्मेलन गराउनका लागि श्रीलंकामा भएको कार्यक्रममा सवै देशका परराष्ट्रमन्त्रीलाई भेटेर पहल गरेको स्मरण गर्नुभयो । “सवै देशबाट सकारात्मक जवाफ आएपनि भारतबाट आएन । भारतले जवसम्म पाकिस्तानमा शिखर सम्मेलनको ठाउँ तोकिन्छ तवसम्म हामी गदैनौ भन्ने जवाफ आयो,” उहाँले भन्नुभयो ।

उहाँले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले बन्दक बनाएर राख्न नहुने बताउनुभयो । उहाँले सार्कसंग हामीले अन्य संगठनसंग के के फाइदा लिन सकिन्छ त्यता तिर पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेपाल अध्यक्ष राष्ट्र भएकोले सार्कका गतिविधि गर्नुपर्ने धारणा राख्नुभयो ।

मलेसियाका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डेले सार्कको साँचो भारतको रहेकोले भन्दै हामी अध्यक्ष राष्ट्र भएकोले बोल्ड निर्णय गरेर सार्कलाई पुनजिवित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कको एजेण्डा लिएर सवै देशको भ्रमण गर्नुपर्ने सुझाव दिनुभयो ।

“हाम्रो काँधमा अध्यक्षको जिम्मेवारी आइलाग्यो । सवै जनाले ब्लेम हामीलाई नै गर्नछन र गर्नुपनि पर्दछ । कि हामी यसलाई भंग गरेर जाउ कि पुनजिवित गरौ । अध्यताको हैसियतले हामीले एउटा बोल्ड डिसिजन गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।

परराष्ट्रविद् शम्भुराम सिंखडाले राजनीतिक दल, नागरिक समाज र मिडियाले दवाद दिएर भएपनि सार्कलाई पुनजिवित बताउनुुपर्नेमा जोड दिनुभयो । उहाँले पाकिस्तान र भारतमा नयाँ सरकार बनेसंगै सार्कले पुर्नजिवित पाउने सम्भावना रहेको बताउनुभयो । “सार्कको सक्रिय बनाउने जोड दिनुपर्दछ । संस्थागत रुपमा सार्क जति अगाडि बढेको छ । विमेस्टेक त्यति अगाडि बढेको छैन । सार्कले चार्टर बनाउने सम्मको काम गरिसकेको छ । त्यो लेभलमा पुगेको सार्कलाई बचाउनुपर्दछ,” उहाँले भन्नुभयो ।

एमालेकी केन्द्रीय सदस्य शर्मिला कार्कीले राजनीतिक दलका नेताहरुबीच पनि सार्कका बिषयमा गम्भिर बन्नुपर्ने सुझाव दिनुभयो । प्राध्यापक प्रेमसागर चौलागाईले सार्कलाई फरक तरिकाले लैजानुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष महेन्द्र वहादुर पाण्डेले सार्क सक्रिय नहुदा नेपाललाई घाटा भएकोले भन्दै अध्यक्ष राष्ट्रको हैसियतले सार्कलाई नेपालले सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।




भर्खरै