१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

प्रभासको ‘राधे श्याम’ फ्लप साबित

प्रभासको ‘राधे श्याम’ फ्लप साबित
अ अ+ अ-

एजेन्सी । ‘द कश्मीर फाइल्स’सँगै रिलिज भएको साउथ सुपरस्टार प्रभास र अभिनेत्री पूजा हेगडेको फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेको छैन । 

फिल्मले चार दिनमा विश्वभर १६५.१८ करोडको कलेक्सन गरेको छ ।

तर फिल्मको हिन्दी संस्करणले दर्शकलाई हलमा तान्न सकेन । सुरुका दिनहरूमा राधे श्यामले आन्ध्र प्रदेश र तेलंगानाको बक्स अफिसमा धुम मच्चाएको थियो । तर दिन बित्दै जाँदा चलचित्रको कमाई घट्दै गएको छ ।

राधे श्याम ११ मार्चमा तेलुगु, तमिल, मलयालम, कन्नड र हिन्दी गरी पाँच भाषामा रिलिज भएको थियो । चलचित्रले सोचे अनुसार कमाई गर्न सकेको छैन । 

फिल्मले तेलुगु राज्यमा ३७.९१ करोड रुपैयाँको ओपनिङ गरेको थियो । त्यसपछि दोस्रो, तेस्रो र चौथो दिन फिल्मले क्रमशः १९.२८ करोड, १६.५ करोड र ३.५८ करोड कमाएको थियो । उत्तर भारत, कर्नाटक र तमिलनाडु लगायतका अन्य राज्यहरूमा पनि फिल्मको सङ्कलन प्रभावशाली छैन ।

अर्थात् प्रभासको फिल्मले भारतमा १०० करोडको आँकडा पूरा गर्न सकेको छैन । राधे श्यामले बक्स अफिसमा कुल ९७.७ करोड कमाएको छ । राज्यमा फिल्मको प्रदर्शनको कुरा गर्ने हो भने राधे श्यामको पाँच दिनमा तेलुगु संस्करणले ७९.०१ करोड, हिन्दी संस्करणले १७.५१ करोड, तमिल संस्करणले १.११ करोड र मलायालम संस्करणले ०.०७ करोड मात्रै कलेक्सन गरेको छ ।