२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यदल बैठक निष्कर्षविहीन



अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउनेबारे टीओआर तय गर्न बसेको कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।

आइतबार सिंहदरबारमा बसेको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको विषय कसरी समेट्ने भन्नेबारे सहमति जुट्न नसकेपछि निष्कर्षविहीन बनेको हो ।

साँझ फेरि बैठक बसेर सहमतिका लागि प्रयास हुने बताईएको छ । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै कांग्रेस नेता तथा कार्यदलका सदस्य जीवन परियारले राज्यको निकायले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न सक्दैन भनेर नै आफूहरुले संसदीय छानबिन समितिको माग गरेको बताए । उनले साँझ पुन: यसबारे छलफल गर्न बैठक बस्ने जानकारी दिए ।

यस्तै, रास्वपाका नेता तथा कार्यदलका अर्का सदस्य शिशिर खनालले कांग्रेसले सहकारीको विषय भन्दा पनि गृहमन्त्रीमाथि फोकस गरिरहेको बताए । उनले भने, उहाँहरूको प्रस्तावले त गृहमन्त्रीलाई नै दोषी नै करार गर्नुभएको छ । यसमा हामी सहमत छैनौँ तर छानबिनले दिने निष्कर्षका लागि हामी तयार नै छौँ ।’