• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

प्रधानमन्त्रीले संसद्‌मा लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । यसैबीच, उक्त विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतबार रिट दायर गर्नुभएको हो । जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रधानमन्त्रीले संसद्‌मा लिने विश्वासको मतले वैद्यता नपाउने भएकाले रोक्न रिटमा माग गरिएको छ ।

वैशाख २३ गते उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएको थियो ।

पार्टी विभाजनमा प्रधानमन्त्रीकै संलग्नता रहेको आरोप यादवको छ । सोही आरोप लगाउँदै यादवले उपप्रधानमन्त्रीबाट राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको थियो ।