२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनको इच्छाकामना पूर्णविद्युतिकरण गाउँपालिका घोषणा



अ+ अ-

काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिकालाई पूर्णविद्युतिकरण पालिका घोषणा गरिएको छ ।

शनिवार गाउँपालिकाको वडा नम्वर १ कालिङमा आयोजित एक कार्यक्रममार्फत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पालिकालाई पूर्णविद्युतिकरण घोषणा गर्नुभएको हो ।

गाउँपालिका पूर्णविद्युतिकरण भएसँगै स्थानीयहरु हर्षित भएका छन् । गाउँपालिकालाई पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा बोल्दै निर्देशक घिसिङले प्राधिकरण देशव्यापी विद्युतिकरणको अभियानमा लागेको भन्दै शतप्रतिशत विद्युतिकरणको अन्तिम चरणमा रहेको बताउन ुभयो । उहाँले इच्छाकामनामा पूर्णविद्युतिकरण भनेपनि घरघरमा बिजुली बाल्न केही समय लाग्ने बताउनु भयो । कार्यकारी निर्देशक घिसिङले घरघरमा पोल र तार पुगिसकेको हुनाले पूर्णविद्युतिकरण घोषणा गरिएको बताउनु भयो । उहाँल मिटर वितरण र मिटर जोड्ने कामलाई तिब्रता दिने भन्दै गाउँपालिकाले सहजिकरण गर्न आवश्यक रहेको बताउनु भयो ।

निर्देशक घिसिङले विपन्न समुदाय बसोवास गर्ने ठाउँमा अन्तिम चरणमा विद्युतिकरण भइरहेको भन्दै विपन्न वर्गमा नि:शुल्क मिटर बक्स वितरण गरेको बताउनु भयो । इच्छाकामनामा विद्युतिकरणको काम सम्पन्न गर्न तदारुकताका साथ काम गरिएको भन्दै गाउँपालिकाले धेरै सहयोग गरेको उहाँको भनाई छ । उहाँले बिजुली नपुगेको ठाउँमा बत्ती बाल्ने प्रमुख दायित्व प्राधिकरणको भएको भन्दै एक वर्षभित्र देशका शतप्रशितमा ठाउँमा बिजुली बाल्ने बताउनु भयो । उहाँले पहिले विद्युत माग्दै नागरिक प्राधिकरणमा धाउनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले २० युनिटसम्मको बिजुली महिनाको जम्मा ३० रुपैयाँमा उपलब्ध गराएको निर्देशक घिसिङले जानकारी दिनुभयो । उहाँले इच्छाकामनामा विद्युत मर्मत सम्भारका लागि सानो युनिट खोल्ने तयारी गरिएको भन्दै यहाँका चेपाङलाई नै रोजगार दिने बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पछिल्लो एक वर्षमा इच्छाकामनामा दु्रत गतिमा विद्युतिकरणको काम गरिएको बताउनु भयो । उहाँले विद्युत प्राधिकरण र स्थानियको सहयोगको कारण समयमै काम सम्पन्नको चरणमा रहेको बताउनुभयो । अध्यक्ष गुरुङले विशेष गरेर चेपाङ बस्ती रहेको वडा नम्बर १ र २ मा बिजुली पुग्न नसकेको क्षेत्रको विद्युत पुर्‍याउन पालिकामा एक वर्षको प्राप्त हुने बजेट बराबरको बजेट विद्युत प्राधिकरणबाट प्राप्त भएपछि सम्भव भएको बताउनु भयो । उहाँले गाउँपालिका र प्राधिकरणबाट विपन्नलाई नि:शुल्क मिटरबक्स, तार र केही एमसिबी समेत वितरण गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । लालपूर्जा नभएकालाई मिटरबक्सका लागि एक हजार धरौटी राख्ने व्यवस्था रहेकोमा अवस्था हेरेर तिर्न नसक्ने विपन्नका लागि गाउँपालिकाले नै जम्मा गरिदिने उहाँले बताउनु भयो ।

इच्छाकामना गाउँपालिकामा करिव ६२ सय घरधुरी छन् । गाउँपालिकामा विद्युतिकरणका लागि १५ करोड ४७ लाख खर्च भएको भएको छ । त्यसमा वडा नम्बर १ मा १ करोड ७५ लाख,वडा नम्बर २ मा ४ करोड ६७ लाख,वडा नम्बर ३ मा ४६ लाख,वडा नम्बर ४ मा १ करोड २४ लाख,वडा नम्बर ५ मा १ करोड ८ लाख,वडा नम्बर ६ मा ५ करोड ७१ लाख र वडा नम्बर ७ मा ५३ लाख बजेट विनियोजन भएको थियो । यस योजनाअन्तर्गत पालिकामा २५ सय पोल गाडिएको र १३ वटा ट्रान्सफर्मर थपिएको छ । प्राधिकरणको निर्देशनअनुसार नै चेपाङ समुदायलाई नि:शुल्क मिटरबक्स उपलब्ध गराइरहेको छ । पूर्णविद्युतिकरण घोषणा कार्यक्रममा स्थानियलाई नि:शुल्क मिटरबक्स समेत वितरण गरिएको थियो ।