५ श्रावण २०८३, मंगलवार
,
Latest
बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता ३ प्रतिशत समता कर तत्काल लागू नगर्ने सरकारको निर्णय जलस्रोत संरक्षणका लागि कानूनी नियमन आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना सार्वजनिक



अ+ अ-

काठमाडौँ । ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका १० गोंगबुको गणेस्थान बस्दै आएका वर्ष ३२ का नेपाल प्रहरीमा कार्यरत हुनुहुन्थ्यो । घर जाने बाटोको प्राविधिक पक्षहरुको विश्लेषण गर्दा विगतमा चोरी, लुटपाट, कुटपिट लगायतका अपराधमा संलग्न व्यक्तिहरुलाई शंकाको घेरामा ल्याइ अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न व्यक्तिलाई काठमाडौं महानगरपालिका १६ स्थित अष्टनारायण हलपछि र बाइसधारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउण्ड हवाई फायर गरी पक्राउ गरिएको प्रहरीले बताएको छ । पत्रकार सम्मेलनका क्रममा आईतवार काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले भक्तपुरको चाँगुनारायण १ घर भइ हाल बालाजु जरंखु, मनमैजु स्थानहरुमा सडकपेटी निर्माण घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ का आइते भन्ने सचिन परियार, नुवाकोट दुप्चेश्वर गाउँपालिका घर भइ हाल बालाजु जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष १८ की अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष २१ की विपना वसन्ती भन्ने वसुन्धरा कार्की, स्याङ्जाको आँधीखोला गाउँपालिका ३ विजय चौतारी घर भइ हाल बालाजु,जरंखु, मनमैजु लगायतका स्थानहरुमा सडकपेटी निर्माणाधिन घरहरुमा आश्रय बनाइ बस्ने वर्ष ५६ की नुनमाया कार्की, नुवाकोटाको ओखरेका वर्ष २१ बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक, इन्द्रावती गाउँपालिका १ का वर्ष ३० का दोर्जे अमृत तामाङ, एक जना १३ वर्षको नाबालक रहेको बताउनु भयो । घिमिरेको हत्या किन भयो भन्ने बारेमा अनुसन्धान जारी रहेको बताउनु भयो ।

प्रारम्भिक रुपमा हेर्दा काम सकेर घरतर्फ जानुअघि खाजा खानका लागि तारकेश्वर नगरपालिका वडा नम्बर ११ स्थित खाजा घरमा प्रवेश गरी खाजा खाइरहेको बेलामा सचिन परियार र अञ्जली श्रेष्ठ पनि खाजा खाइरहेको अवस्था रहेको बताउनु भयो । घिमिरे र सचिनको पुरानो परिचय रहेको कुरा प्रारम्भिक अनुसन्धानमा खुल्न आएको बताउनु भयो । त्यसै अवस्थामा घिमिरे र परियारबीच सामान्य बिरोध शुरु भएको अवस्था पत्ता लागेको बताउनु भयो । युवराज घिमिरेले अञ्जलीलाई आँखा झिम्क्याएको भन्नेकुरा बुझिन आएको अनुसन्धान जारी रहेको बताउनु भयो । अञ्जली अस्वस्थ भएको भन्दै माथिसम्म पुर्‍याइदिन आग्रह गरेको र एउटै मोटरसाइकलमा गएर सो स्थानमा पुगेर तत्कालै घटनास्थलमा बसिरहेका कार्की, लामाहरु भइ घिमिरेको बेल्ट विभिन्न हतियारको प्रयोग गरी हत्या गरेको देखिएको बताउनु भयो ।

घिमिरेको हत्या हुनुमा लुटपाट, महिलासँगको विवाद लगायतका कारण हुनसक्नेतर्फ अनुसन्धान अघि बढेको बताउनु भयो । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रवार काठमाडौंको तारकेश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।