• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

देशमा लोडसेडिङ मैले हटाएँ, जस भने अरुले लिए : ऊर्जामन्त्री रायमाझी



बुटवल । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य आफुले गरेको बताएका छन् । शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले मुलुकमा लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना आफ्नै रहेपनि सरकार ढलेका कारण जस भने अर्कैले लिएको बताएका हुन् । 

‘उर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिडलाई मैले नै राखेको हुँ,’ मन्त्री रायमाझीले भनेका छन्, ‘तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।’

उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा बताएका छन् । 

रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । ‘एमसीसी लागू गरौं या खारेज गरौं, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ उनले भने, ‘म घनिभूत छलफल गरिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

यस्तै नेकपाभित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्रीले अस्थिरताको विकल्पका रुपमा चुनाव रोजेको भन्दै अब सबै दल चुनावमा होमिनुपर्नेमा जोड दिए ।