२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल २०२४) मा शनिबार भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)ले चेन्नई सुपर किंग्स (सीएसके)लाई २७ रनले पराजित गरेको छ ।

टोलीले लिग चरणमा लगातार ६ खेल जितेको थियो । यो जितसँगै आरसीबीले नवौं पटक आईपीएल प्लेअफमा स्थान बनाएको छ । यो हारसँगै चेन्नईको यात्रा भने यहीँ समाप्त भयो ।

चिन्नास्वामी स्टेडियममा बैंगलोरले ५ विकेट गुमाएर २१८ रन बनाएको थियो । सिएसकेले ७ विकेट गुमाएर १९१ रन मात्रै बनाउन सक्यो ।

अन्तिम ओभरमा एमएस धोनी, शार्दुल ठाकुर र रविन्द्र जडेजाले मात्र ७ रन बनाउन सके । बैंगलोरका फाफ डु प्लेसिसले ३९ बलमा ५४ रनको इनिङ खेले ।

उनको इनिङ्समा ३ चौका र ३ छक्का समावेश थियो । डु प्लेसिस खेलको प्लेयर अफ द म्याच घोषित भए ।

यो जितसँगै आरसीबीले राम्रो रन रेटका आधारमा १४ अंकसहित प्लेअफमा स्थान सुरक्षित गरेको छ । टोलीलाई अन्तिम लिग खेलमा चेन्नईविरुद्ध कम्तिमा १८ रनले जित्न आवश्यक थियो । टोली २७ ले विजयी भयो । आरसीबीले मे २२ मा प्लेअफमा एलिमिनेटर खेल्नेछ । एलिमिनेटर खेलमा आरसीबीले अंक तालिकाको तेस्रो स्थानमा रहेको टोलीसँग खेल्नेछ ।

बैंगलोरका लागि कप्तान फाफ डु प्लेसिस (५४)ले अर्धशतक बनाए । उनी बाहेक विराट कोहलीले ४७ रन र रजत पाटीदारले ४१ रन बनाए । चेन्नईका शार्दुल ठाकुरले सर्वाधिक २ विकेट लिए । मिचेल सान्टनर र तुषार देशपाण्डेले १–१ विकेट लिए । सान्टनरले फाफ डु प्लेसिसलाई रनआउट गरे ।

जवाफमा चेन्नईका लागि रचिन रविन्द्रले अर्धशतक प्रहार गरे । उनले ३७ बलमा ६१ रन बनाए । उनी बाहेक रविन्द्र जडेजाले अविजित ४२ रन बनाए । धोनीले १३ बलमा २५ रनको इनिङ खेले । बैंगलोरका लागि यश दयालले २ विकेट लिए । ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, मोहम्मद सिराज र लोकी फर्गुसनले १–१ विकेट लिए ।

प्लेअफमा पुग्ने टिमः
कोलकाता नाइट राइडर्स
राजस्थान रोयल्स
सनराइजर्स हैदराबाद
रोयल च्यालेन्जर्स बैंगलोर