२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार



अ+ अ-

प्योङयाङ । उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ। यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन् । 

यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले  जनाएको छ ।

उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले ूकोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ।ू यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो।