१० बैशाख २०८२, बुधबार
April 23, 2025 Wednesday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 27.88

Wind: 2.06

Humidity: 26

Latest
सुनको मूल्य तोलामा एकैदिन ७५०० ले घट्यो भारतीय प्रधानमन्त्रीले नेपालका धार्मिक स्थलको प्रचार गर्छन्, हाम्रा प्रधानमन्त्रीहरुलाई मतलव छैनः उपसभापति गुरुङ कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध परराष्ट्रमन्त्रीद्वारा कश्मिरमा भएको आतंककारी हमलाप्रति दु:ख व्यक्त पहिरोले अवरुद्ध नारायणगढ–बुटवल सडक खुल्यो घनश्याम भुसाललाई विष्णु रिमालको चुनौती– आफ्नै पार्टी ‘खत्रा’ बनाएर देखाए हुन्न ? अदालतको आदेशअनुसार तोकिएको समयमा नै महाधिवेशन हुन्छः शेष घले सरकारबाट आतङ्कवादी हमलाको निन्दा प्रधानमन्त्रीद्वारा आतङ्कवादी हमलाको निन्दा डोटीमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधान गर्न सरकारसँग देउवाको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमीकहरुको समस्या समाधानमा आवश्यक भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने बताउनु भयो ।

उाँले भन्नुभयो, ‘नेपालमा वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ । त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिनुभयो ।