३ भाद्र २०८३, बुधबार
,
Latest
कांग्रेसले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो बागमती सरकार गठनमा राप्रपाले दियो समर्थन गुल्मीका किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी रास्वपा संसदीय दलको छलफल सुरू देउवा पक्ष अदालत जाने तयारीमा, महाधिवेशन कार्यतालिकालाई लिएर विवाद चर्कियो नेपाली वैज्ञानिक अधिकारी अमेरिकामा पुरस्कृत टाटा मोटर्सको ‘टाटा कार्निभल’ बिहीबारदेखि, पुराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने सूचनाको हक कार्यान्वयनको सम्झनामा राष्ट्रिय सूचना दिवस मनाइँदै वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा जापानको समुन्द्रमा अज्ञात क्षेप्यास्त्र प्रहार



अ+ अ-

प्योङयाङ । उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहीबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै जनाएको छ। यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौं मिसाइल परीक्षण हो। चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्रसंघमा अमेरिकको प्रयासलाई रोकेका छन् । 

यो कदम उत्तर कोरिया सम्बन्धी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बन्दसत्र बैठक अघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रो पटक यस्तो बैठक हुन लागेको, अल जजीराले  जनाएको छ ।

उत्तर कोरियाले सोमबार दुईवटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ जसले ूकोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको छ।ू यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो।