२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधिमा होइन, बलमिच्याइँमा संसद्



अ+ अ-

काठमाडौं । सहकारीको बचत अपचलन मुद्दाले संघीय संसद्मा तनाव उत्पन्न हुन थालेको छ । कानुन र विधिअनु्सार होइन अब बलमिच्याइँ गर्ने थलो संसद बनेको छ ।

प्रतिनिधिसभामा बिहीबार भएको धकेलाधकेल र आरोप प्रत्यारोपले अब राजनीतिक दलहरु थप मुठभुडतर्फ जान लागेको त होइन भन्ने प्रश्न पनि उठाइदिएको छ । सत्तापक्ष र विपक्षीबीच सौहार्दता बनाएर संसद् अगाडि बढाउनुपर्नेमा सहकारीको बचत अपचरण मुद्दाले थप पेचिलो बनाइदिएको हो ।

सहकारीको बचतसम्बन्धी विषयलाई लिएर लामो समयदेखि सुरु भएको आरोप प्रत्यारोप अब बलमिच्याइँमा पुगेको छ । विपक्षीसँग सहमति नगराइ सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जबरजस्ती अघि बढाउन खोजेका थिए । राष्ट्रपति कार्यालयबाट आएका पत्र पठेर सुनाएलगत्तै सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न अनुमति दिएपछि विवाद झन् चर्किएको हो ।

जब लामिछानेलाई बोल्न सभामुखले अनुमति दिए तर विपक्षी थप आक्रामक भए । वेल घेराउ गर्दै नाराबाजी गरिरहेका कांग्रेसका सांसद धनराज गुरुङले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि औंला ठढ्याउँदै तर्कवितर्क गरिरहे । यो समग्र एमालेका सैह्यको विषय थिए । एमाले अब विपक्षी कांग्रेससँग थप चिढिएको छ ।

अर्कोतिर राष्ट्रिय स्वतन्त्र पार्टी अब सहकारी छानबिन गर्न संसदीय समिति नै गठन गर्न नसकिने अडानमा पुगेको छ । आफूहरु लचक भएर सहमतिमा आउन खोज्दा पनि कांग्रेसले निहुँ खोजेर विषयलाई गिजोलिरहेको दाबी गरेको छ ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल अप्ठ्यारोमा परेका छन् । १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ । तर न सहमति जुटेको छ न त सौहार्द वातावरण नै छ । यस्तो अवस्थामा प्रधानमन्त्री दाहाल दबाबमा परेका छन् ।

यो बाध्यताका कारण संसद्लाई पेलेरै चलाउन सभामुखलाई सुझाव दिएका सत्तारुढ दलहरु अब के गर्ने भन्ने अन्योलमा छन् ।
त्यसो त विपक्षीलाई पेलेरै संसद् बैठक चलाइएका उदाहरण यसअघि नभएका होइनन् । नेकपा एमाले विभाजित हुँदा सत्ता पक्षले बल मिच्याइँ गरेर सदन चलाएको थियो । नेकपा एमालेले चार महिनासम्म संसद् अबरुद्ध गर्दा तत्कालीन सत्तारुढ दल कांग्रेसले पेलेरै सदन चलाएको थियो । अहिले कांग्रेस विपक्षीमा हुँदा एमाले र माओवादीले त्यसैगरी सदन चलाउने प्रयास गरेका हुन् ।

सदनमा विगतदेखि देखिँदै आएको बलमिच्याइँले यस पटक पनि निरन्तरता पाउने जोखिम बढेको छ । यसले एक त दलीय व्यवस्थाप्रति नकारात्मक धारणा सिर्जना हुन सक्छ भने अर्कोतर्फ जनताले गरेको अपेक्षा अनुसार सदनले काम गर्न सक्दैन । विधिभन्दा बल मिच्याइँ गर्दा राम्रो सन्देशसमेत जाँदैन ।