• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपाली मूलका भारतीय फुटबलर सुनील क्षेत्रीद्वारा सन्यासको घोषणा



काठमाडौं । नेपाली मूलका भारतीय फुटबलर सुनील क्षेत्रीले सन्यास घोषणा गरेका छन् । उनले ३९ बर्षको उमेरमा सन्यास घोषणा गरेका हुन् ।

भारतबाट सर्वाधिक गोल गर्ने कीर्तिमानी स्ट्राइकर क्षेत्रीले जुन ६ मा हुने फिफा विश्वकप क्वालिफायरको कुवेतविरुद्धको खेल आफ्नो अन्तिम हुने बताए ।

सामाजिक सञ्जाल एक्समार्फत एउटा भिडिओ जारी गर्दै उनले भनेका छन्, ‘मेरो १९ वर्षको यात्रा एउटा जिम्मेवारी, दवाव र अदम्य खुशीको समिश्रण थियो । मैले अब कुवेत विरुद्धको खेल मेरो सम्भवत अन्तिम हुनेछ,’।

सन् २००२ मा डेब्यू गरेका क्षेत्रीले १५० म्याचमा ९४ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पहिलो अन्तर्राष्ट्रिय गोल पाकिस्तानविरुद्ध गरेका थिए ।

अन्तर्राष्ट्रिय फुटबलमा सक्रिय खेलाडीमध्ये उनी गोल स्कोरिङको हिसाबले लियोनल मेस्सी र रोनाल्डोभन्दा पछाडि तेस्रो स्थानमा छन् । अलटाइम फुटबलरहरुमध्ये चौंथो स्थानमा छन् ।